रचना, गायन र सङ्गीतका त्रिवेणी– भीम बीसी (भिडियो) « Khabarhub

रचना, गायन र सङ्गीतका त्रिवेणी– भीम बीसी (भिडियो)



काठमाडौं– भीम बीसी नेपाली सङ्गीत क्षेत्रका अब्बल प्रतिभा हुन् । रचना, गायन र सङ्गीतका तीनवटै आयाममा सफल बीसी गुणात्मक सिर्जनामा विश्वास गर्छन् ।

चर्चितभन्दा लोकप्रिय हुने बाटोमा हिँड्ने रुचि भएका उनको जन्म सुदूरपश्चिम नेपालको धनगढीमा भएको हो ।  हाल उनी काठमाडौंमा बसोबास गरिरहेका छन् ।

उनले प्रारम्भिक शिक्षा शारदा विद्या निकेतन  र उच्च शिक्षा आरआर क्याम्पसबाट प्राप्त गरेका हुन् । सानै उमेरदेखि सङ्गीतमा रुचि राख्ने भीम विभिन्न भावनात्मक र प्रेमिल गीतहरू सिर्जना गर्दै श्रोताहरूको मन जित्न सफल  छन् ।

उनका केही चर्चित गीतहरूमा ‘इतिहास’ (मेलिना मैनालीसँग), ‘ऐना हेरी हेरी’ (एलिना चौहानसँग), ‘उडी उडी’ (दिपेश श्रेष्ठ र सुनिता थेगीमसँग), ‘भुली सारा याद’, ‘सर्माइ भो’, ‘अन्त नजरू’, ‘अपूरो हुन्छु’, ‘परानी’ लगायतका गीतहरू रहेका छन् ।

यी गीतले युट्युब लगायतका स्ट्रिमिङ प्लेटफर्ममा राम्रो चर्चा बटुलेका छन् । उनले प्रस्तुत गरेका गीतहरूमा गहिरो भावना, मिठासपूर्ण सङ्गीत र सशक्त शब्दहरू पाइन्छन् ।

सरल शब्द, मौलिक धुन र समसामयिक प्रस्तुतीका कारण भीम  दर्शक–श्रोता माझ स्थान बनाउन सफल भएका कलाकार हुन् । ‘मनोरञ्जन हब’ मा भीम बीसीसँग नेपाली सङ्गीतको सेरोफेरोमा रमाइला कुराकानी गरेका छौँ । भीम बीसी  भन्छन्– ‘गायक बन्ने सपना बोकेर सङ्घीय राजधानी काठमाडौं छिरेको म शब्द र सङ्गीतमा बढी रुचाइएँ ।’ प्रस्तुत छ कलाकार भीम बीसीसँगको अन्तर्वार्ताः

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  १० : १० बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो

पिएम कपमा विनोद भण्डारीको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले

पूर्वप्रधानमन्त्री ओलीको आज शल्यक्रिया हुँदै

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको

सलहेश फूलबारी मेलामा भक्तजनको चहलपहल

सिरहा– नयाँ वर्षको अवसर पारेर प्रत्येक वर्ष वैशाख १ गते