विप्लव नेतृत्वको नेकपाले भन्यो- माओवादीसँग एकता टुंगिएको छैन, आफ्नै नेतृत्वमा नयाँ केन्द्र बनाउँछौँ  « Khabarhub

विप्लव नेतृत्वको नेकपाले भन्यो- माओवादीसँग एकता टुंगिएको छैन, आफ्नै नेतृत्वमा नयाँ केन्द्र बनाउँछौँ 


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रसँग एकताको चर्चाबीच नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अनौपचारिक स्थायी समिति बैठक मंगलबार बिहान सम्पन्न भएको छ । बैठकले माओवादीले दाबी गरेजस्तो पार्टी एकता टुंगोमा पुगेको छैन भन्ने निष्कर्ष निकालेको छ ।

बैठकले नयाँ केन्द्र निर्माणका लागि विशेष जोड दिएको छ । आगामी चरणको राजनीतिक हस्तक्षेपलाई प्रभावकारी बनाउने गरी उत्पादन केन्द्रित कार्यक्रम र महासचिव विप्लवको ‘स्वच्छ नेतृत्व’ मा देशलाई निकास दिने कार्ययोजना अघि बढाउने सहमति बनेको छ।

बैठकमा नयाँ घोषणापत्रसहित नयाँ केन्द्र निर्माणको आवश्यकता औँल्याइएको छ। नेकपाले आइतबार केही सञ्चारमाध्यममा प्रकाशित ‘पार्टी एकता टुंगिएको’ भन्ने समाचारलाई हल्ला मात्र भएको प्रतिक्रिया दिएको छ। पार्टीले यस्तो हल्लाको भरमा एकता सम्भव नरहेको स्पष्ट पारेको छ।

यसअघि सोमबार सकिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकपछि उपाध्यक्ष अग्निप्रसाद सापकोटाले विप्लव नेतृत्वको नेकपासँग एकताको निर्णय भइसकेको बताएका थिए। तर विप्लव नेतृत्वको नेकपाले त्यसलाई अस्वीकार गर्दै औपचारिक निर्णय नभएको जनाएको छ।

अबको दिनमा पार्टीले स्पष्ट कार्यक्रम र आफ्नै सशक्त नेतृत्वमार्फत नयाँ केन्द्र निर्माण गर्दै अघि बढ्ने संकेत गरेको छ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ११ : ४८ बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति