बेलायती सेनामा नयाँ गोर्खाली रेजिमेन्ट : द किङ्स गोर्खा आर्टिलरी « Khabarhub

बेलायती सेनामा नयाँ गोर्खाली रेजिमेन्ट : द किङ्स गोर्खा आर्टिलरी


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायती सेनाले नयाँ आर्टिलरी (तोपखाना) गोरखा रेजिमेन्ट स्थापनाको घोषणा गरेको छ । यसका लागि बेलायती राजाले अनुमति प्रदान गरेका छन् भने रेजिमेन्टको प्रतीक चिह्न (छाप) समेत घोषणा गरिसकिएको छ ।

आगामी चार वर्षमा यो रेजिमेन्टमा झण्डै चार सय सैनिक भर्ती गरिने उद्देश्य लिइएको छ । यो रेजिमेन्टको प्रतीक चिह्न (ब्याज) मा दुई क्रस खुकुरी देखाइएको छ । त्यस्तै आर्टिलरीको एउटा तोपसमेत छापमा सार्वजनिक गरिएको छ ।

‘अग्निवीर स्किम’ घोषणापछि भारतीय सेनामा जान छाडे नेपाली

सन् २०२२ मा भारतीय सेनामा युवाहरूको भर्ती प्रक्रियामा परिवर्तन गरिएपछि नेपाली युवा भर्तीका लागि जान छाडेका थिए । भारतीय सेनामा अग्निवीर योजना लागू गरेपछि नेपाल यो प्रक्रियाको पक्षमा छैन ।

भारतीय सेनामा भर्ना हुने युवाले पहिलो चार वर्ष सेनामा अग्निवीरका रुपमा सेवा दिनुपर्ने हुन्छ । चार वर्षको सेवापछि अग्निवीरलाई पुनः रिक्रुट गरी उक्त सङ्ख्याका २५ प्रतिशतले मात्र सेना बन्ने अवसर प्राप्त गर्छन् ।

बाँकी अग्निवीरले सेना छाडेर आम नागरिकसरह अन्य सेवा वा पेशाव्यवसाय गर्ने अवसर प्राप्त गर्ने छन् ।

भारतीय सेनामा ४० हजार गोरखा सैनिक

भारतको स्वतन्त्रतापछि (सन् १९४७) भारतीय सेनामा नेपालका युवालाई भर्ती गर्ने क्रम सुरु भएको थियो । भारतीय सेनामा गोरखा सैनिकका छुट्टा छुट्टै सात रेजिमेन्ट (३९ बटालियन) छन् । यसमा करिब ४० हजार गोरखा सैनिक छन् ।

जसमा ६० प्रतिशत नेपाल मूलका सैनिक रहन्छन् । तर विगत तीन वर्षदेखि नेपालका गोरखा सैनिकको भर्ती लगभग बन्द भइसकेको छ । गोरखा रेजिमेन्टमा भारतीय मूलका गोरखामात्रै भर्ती हुँदै आएका छन् ।

ब्रिटिश सेनाको नयाँ एकाइ

बेलायती राजाबाट अनुमोदनपछि गत अप्रिलमा ब्रिटिश सेनाको नयाँ एकाइ, द किङ्स गोर्खा आर्टिलरी (केजीए) रेजिमेन्टको घोषणा गरिएको थियो ।

रेजिमेन्ट घोषणापछि नयाँ क्याप, ब्याज र आधिकारिक गठन प्रक्रिया सार्वजनिक गरिएको थियो ।

१४ वर्षपछि बेलायती सेनामा घोषणा गरिएको नयाँ एकाइ गोर्खा रेजिमेन्टका लागि सिर्जना गरिएको बताइएको छ । पहिलो ब्याजले सेनाका दुई सबैभन्दा मान्यता प्राप्त प्रतीकहरू (गोर्खाहरूको क्रस गरिएको खुकुरी र द रोयल आर्टिलरीको फिल्ड गन) सार्वजनिक गरिएको छ ।

आगामी चार वर्षमा चार सय गोर्खाहरू रेजिमेन्टमा सामेल हुने बताइएको छ । आगामी नोभेम्बर सन् २०२५ मा इन्फान्ट्री ट्रेनिङ सेन्टर क्याटरिकबाट पास आउट हुने पहिलो केजीए गनर्सहरू विल्टशायरको लार्खिलमा अवस्थित रेजिमेन्टमा हुने तालिममा सहभागी हुनेछन् ।

केजीए सेना आर्टिलरीको एक महत्त्वपूर्ण हिस्सा हुनेछ । जसले बेलायती सशस्त्र बललाई लक्षित गरी घातक सहयोग प्रदान गर्ने अपेक्षा गरिएको छ ।

राजाले रेजिमेन्टल ब्याज अनुमोदन गरेकामा गोर्खा आर्टिलरीका सबै अधिकारी र सिपाहीहरू गौरवान्वित भएको किङ्स गोर्खा आर्टिलरीका कमाण्डर लेफ्टिनेन्ट कर्नल माइकल फ्लेचरले बताएका छन् । उनले रेजिमेन्ट गठनपछिको अर्को महत्त्वपूर्ण कदम भएको बताएका छन् ।

केजीए सिपाहीहरूले अहिले तोपखान उपकरणहरू सम्बन्धी तालिम लिइरहेका छन् । उनीहरूले रणनीतिक र प्राविधिक विशेषज्ञता प्रदर्शन गर्ने लेफ्टिनेन्ट कर्नल फ्लेचरले विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  १२ : ३५ बजे

खुर्कोट-रामेछाप दोलखा चल्ने मालवाहक गाडीलाई बिहानैदेखि चल्न दिन माग

दोलखा– सिन्धुलीको खुर्कोट- रामेछाप हुँदै दोलखातर्फ आवतजावत गर्ने मालवाहक गाडीलाई

रसुवा बाढीले निम्त्याएको संकट र व्यवस्थापनका प्रयास

रसुवा– यही भदौ १० का बाढी तथा विपद्पछि राहत, उद्धार,

विराटनगरमा असोज २२ देखि विराट ट्रेड फेयर हुँदै

काठमाडौं– शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन उद्देश्यले यहि असोज २२ गते

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह

काठमाडौं– नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवर्द्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई

जलवायु विपत्तिले बालिकाको पढाइमा बढी असर

पेरिस- जलवायुजन्य विपत्तिका कारण बालिकाहरूको पढाइ अवरुद्ध हुने र विद्यालय छाड्ने