बेलायती सेनामा नयाँ गोर्खाली रेजिमेन्ट : द किङ्स गोर्खा आर्टिलरी « Khabarhub

बेलायती सेनामा नयाँ गोर्खाली रेजिमेन्ट : द किङ्स गोर्खा आर्टिलरी


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायती सेनाले नयाँ आर्टिलरी (तोपखाना) गोरखा रेजिमेन्ट स्थापनाको घोषणा गरेको छ । यसका लागि बेलायती राजाले अनुमति प्रदान गरेका छन् भने रेजिमेन्टको प्रतीक चिह्न (छाप) समेत घोषणा गरिसकिएको छ ।

आगामी चार वर्षमा यो रेजिमेन्टमा झण्डै चार सय सैनिक भर्ती गरिने उद्देश्य लिइएको छ । यो रेजिमेन्टको प्रतीक चिह्न (ब्याज) मा दुई क्रस खुकुरी देखाइएको छ । त्यस्तै आर्टिलरीको एउटा तोपसमेत छापमा सार्वजनिक गरिएको छ ।

‘अग्निवीर स्किम’ घोषणापछि भारतीय सेनामा जान छाडे नेपाली

सन् २०२२ मा भारतीय सेनामा युवाहरूको भर्ती प्रक्रियामा परिवर्तन गरिएपछि नेपाली युवा भर्तीका लागि जान छाडेका थिए । भारतीय सेनामा अग्निवीर योजना लागू गरेपछि नेपाल यो प्रक्रियाको पक्षमा छैन ।

भारतीय सेनामा भर्ना हुने युवाले पहिलो चार वर्ष सेनामा अग्निवीरका रुपमा सेवा दिनुपर्ने हुन्छ । चार वर्षको सेवापछि अग्निवीरलाई पुनः रिक्रुट गरी उक्त सङ्ख्याका २५ प्रतिशतले मात्र सेना बन्ने अवसर प्राप्त गर्छन् ।

बाँकी अग्निवीरले सेना छाडेर आम नागरिकसरह अन्य सेवा वा पेशाव्यवसाय गर्ने अवसर प्राप्त गर्ने छन् ।

भारतीय सेनामा ४० हजार गोरखा सैनिक

भारतको स्वतन्त्रतापछि (सन् १९४७) भारतीय सेनामा नेपालका युवालाई भर्ती गर्ने क्रम सुरु भएको थियो । भारतीय सेनामा गोरखा सैनिकका छुट्टा छुट्टै सात रेजिमेन्ट (३९ बटालियन) छन् । यसमा करिब ४० हजार गोरखा सैनिक छन् ।

जसमा ६० प्रतिशत नेपाल मूलका सैनिक रहन्छन् । तर विगत तीन वर्षदेखि नेपालका गोरखा सैनिकको भर्ती लगभग बन्द भइसकेको छ । गोरखा रेजिमेन्टमा भारतीय मूलका गोरखामात्रै भर्ती हुँदै आएका छन् ।

ब्रिटिश सेनाको नयाँ एकाइ

बेलायती राजाबाट अनुमोदनपछि गत अप्रिलमा ब्रिटिश सेनाको नयाँ एकाइ, द किङ्स गोर्खा आर्टिलरी (केजीए) रेजिमेन्टको घोषणा गरिएको थियो ।

रेजिमेन्ट घोषणापछि नयाँ क्याप, ब्याज र आधिकारिक गठन प्रक्रिया सार्वजनिक गरिएको थियो ।

१४ वर्षपछि बेलायती सेनामा घोषणा गरिएको नयाँ एकाइ गोर्खा रेजिमेन्टका लागि सिर्जना गरिएको बताइएको छ । पहिलो ब्याजले सेनाका दुई सबैभन्दा मान्यता प्राप्त प्रतीकहरू (गोर्खाहरूको क्रस गरिएको खुकुरी र द रोयल आर्टिलरीको फिल्ड गन) सार्वजनिक गरिएको छ ।

आगामी चार वर्षमा चार सय गोर्खाहरू रेजिमेन्टमा सामेल हुने बताइएको छ । आगामी नोभेम्बर सन् २०२५ मा इन्फान्ट्री ट्रेनिङ सेन्टर क्याटरिकबाट पास आउट हुने पहिलो केजीए गनर्सहरू विल्टशायरको लार्खिलमा अवस्थित रेजिमेन्टमा हुने तालिममा सहभागी हुनेछन् ।

केजीए सेना आर्टिलरीको एक महत्त्वपूर्ण हिस्सा हुनेछ । जसले बेलायती सशस्त्र बललाई लक्षित गरी घातक सहयोग प्रदान गर्ने अपेक्षा गरिएको छ ।

राजाले रेजिमेन्टल ब्याज अनुमोदन गरेकामा गोर्खा आर्टिलरीका सबै अधिकारी र सिपाहीहरू गौरवान्वित भएको किङ्स गोर्खा आर्टिलरीका कमाण्डर लेफ्टिनेन्ट कर्नल माइकल फ्लेचरले बताएका छन् । उनले रेजिमेन्ट गठनपछिको अर्को महत्त्वपूर्ण कदम भएको बताएका छन् ।

केजीए सिपाहीहरूले अहिले तोपखान उपकरणहरू सम्बन्धी तालिम लिइरहेका छन् । उनीहरूले रणनीतिक र प्राविधिक विशेषज्ञता प्रदर्शन गर्ने लेफ्टिनेन्ट कर्नल फ्लेचरले विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  १२ : ३५ बजे

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको