बबई नदीमा जलसतहले खतराको तह पार गर्‍यो | Khabarhub Khabarhub

बबई नदीमा जलसतहले खतराको तह पार गर्‍यो


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बबई नदीमा जलसतहले खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बबई नदीमा जलसतह ७.१ मिटर पुगेको छ ।

विभागका अनुसार बबई नदीमा ५.५ मिटर चेतावनीको तह र ६.८ मिटर खतराको तह मानिन्छ । तर, हाल सो तह पार गरेसँगै विशेषगरी बर्दिया र दाङमा बाढीको खतरा रहेकाले विभागले उच्च सतर्कताका अपनाउन आग्रह गरेको छ ।

विभागका बाढीविद् विनोद पराजुलीले जिल्ला प्रशासन, स्थानीय तह तथा सर्वसाधारणलाई पूर्वसूचना दिएर सचेत रहन सन्देश पठाइएको जानकारी दिए । ‘बबईसँगै महाकाली नदीको जलसतह पनि खतराको तहमा पुग्दै छ,’ उनले भने।

मंगलबार काभ्रेपलाञ्चोक, मकवानपुर, दाङ, बाँके, चितवन, कैलाली, कञ्चनपुर र आसपासका जिल्लामा बहने स–साना नदीहरूको जलसतह बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको विभागले जनाएको छ ।

मंगलबार बिहानको मापनअनुसार कर्णाली र महाकाली नदीहरूको जलसतह सतर्कता आसपास छभने कोशी, नारायणी, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको जलसतह सतर्कता तहभन्दा तल छ । 

मंगलबार सङ्खुवासभा, रामेछाप, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, उदयपुर, सर्लाही, रौतहट, बारा, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, रूपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, कपिलवस्तु, म्याग्दी, प्यूठान, अर्घाखाँची, जाजरकोट, डोल्पा, रुकुम पश्चिम, दैलेख, कालीकोट, सुर्खेत, अछाम, बझाङ, डडेल्धुरा, डोटी, बैतडी, दार्चुला र आसपासका जिल्लामा बहने स-साना नदीहरूको जलसतह बढ्ने विभागले जनाएको छ ।

साथै इलाम, झापा, ताप्लेजुङ, तेह्रथुम, पाँचथर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, धादिङ, नुवाकोट, रसुवा, स्याङ्जा, तनहुँ, पर्वत, गुल्मी, जुम्ला, मुगु, हुम्ला, बाजुरा र आसपासका जिल्लामा बहने स-साना नदीहरूको बहाव बढ्न सक्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको पूर्वानुमान गरिएको छ । 

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  १२ : ५७ बजे

उत्तरकाशीको धारालीमा भीषण बाढी, हेर्दाहेर्दै बगायो सिंगो बस्ती (भिडियो)

उत्तरकाशी, उत्तराखण्ड- उत्तराखण्डको खीरगंगा नदीमा आएको अचानक बाढीले उत्तरकाशी जिल्लाको

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष महतोले गरे पदाधिकारी चयन 

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले पार्टीको केन्द्रीय

गोसाइँकुण्डमा यात्रुलाई निःशुल्क तातोपानीको व्यवस्था

रसुवा– जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डमा भक्तजनका लागि यस वर्ष तातोपानीको

काठमाडौं उपत्यकामा दिनभरि झरी, जनजीवन प्रभावित (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यका लगायत आज देशैभर हल्का देखि भरी वर्षा

आफ्नो मुलुकमा हमला गर्न रुसले प्रयोग गरेका ड्रोनमा भारतीय पार्टपुर्जा भेटिएको युक्रेनको दाबी

काठमाडौं– पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग निहुँ खोजिरहेका