‘कुलिङ पिरियड’मा छेडखानी : संसदीय समितिले सभामुखलाई बुझायो प्रतिवेदन « Khabarhub

‘कुलिङ पिरियड’मा छेडखानी : संसदीय समितिले सभामुखलाई बुझायो प्रतिवेदन


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’मा गरिएको छेडखानीबारे छानबिनका लागि गठित संसदीय समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ ।

सउमितिका संयोजक एवम् नेपाली कांग्रेसका सांसद जीवन परियारले उक्त प्रकरणमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, समिति सचिव सुरजकुमार दुरासहितलाई जिम्मेवार ठहर्‍याएको प्रतिवेदन मंगलबार सभामुखलाई बुझाएका हुन् ।

समितिले सभापति खतिवडालाई नैतिक रुपमा जिम्मेवार रहेको किटान गरेको छ । तर उता सभापति खतिवडाले आफू सुरूदेखि नै कुलिङ पिरियडको पक्षमा रहेको बताएका छन् । हिजो पनि र भोलि पनि आफू कुलिङ पिरियडको पक्षमा उभिने बताउँदै उनले छेडखानीमा नैतिक जिम्मेवारी लिने बताएका छन् ।

खतिवडाले खबरहबसँग भने, ‘कुलिङ पिरियड छेडखानीमा संसदीय समितिले नैतिक र राजनीतिक जिम्मेवार बनाएको छ। मैले मेरोतर्फबाट भएको कमजोरीको आज पनि जिम्मेवारी लिन्छु, भोलि पनि लिन्छु ।’

उनले थपे, ‘कुलिङ पिरियड समेटिएको निजामती सेवा विधेयकमा मैले नै हस्ताक्षर गरेर पठाएको हो। त्यसबारे जिम्मेवारी लिन्छु। तर जसले बदमासी गरेको हो, उसलाई कारबाही हुनुपर्छ भनेर म पहिले पनि बोलेको हो ।’

खतिवडाले संसदीय समितिको निर्णयप्रति आफ्नो असहमति नरहेको जनाए । ‘मैले कुलिङ पिरियडबारे उल्लेखित विषय बोल्ड अक्षरमा सही गरेर पठाएको हो। त्यसपछि १५ दिनसम्म सांसदहरूले के हेरेर बसे, किन अध्ययन गरेनन् – मलाई पनि अनौठो लागेको छ।’

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  १ : २६ बजे

चुनावको तयारीसँगै आन्दोलनमा उत्रिनुपर्ने हुनसक्छ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको तयारीसँगै आन्दोलनमा

विमानस्थलमा सुन तस्करझैँ चेकिङ गरे, माथिको आदेश भन्दै हेपे : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि सुन तस्करझैँ

उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा अध्ययन–अनुसन्धानको

वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत

काठमाडौं- सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको प्रथम

युक्रेनमा रुसी आक्रमण : एक जनाको मृत्यु, २३ घाइते

एजेन्सी – युक्रेनको राजधानी किएभ र पूर्वी शहर खार्किभमा रातभरि