राप्रपाले पनि गर्‍यो प्रतिनिधिसभा बैठक बहिष्कार « Khabarhub

राप्रपाले पनि गर्‍यो प्रतिनिधिसभा बैठक बहिष्कार


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा बैठक बहिष्कारलाई निरन्तरता दिएको छ । गत जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको राप्रपाले मंगलबार पनि बैठक बहिष्कार गरेको छ ।   

बैठक सुरु भएपछि सभामुख देवराज घिमिरेले राप्रपाका सांसद दीपकबहादुर सिंहलाई बोल्ने अनुमति दिएका थिए । उनले भिजिट भिसा प्रकरणमा पार्टीले राख्दै आएको माग पूरा नभएकाले बैठक बहिष्कार गर्ने बताए । 

‘हामी सदन बहिष्कार गर्छौं । सदन बहिष्कार गर्दाखेरि हामीले पाउने भत्ता पनि बहिष्कार गरिराखेका छौँ,’ उनले भने । मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि बैठक बहिष्कार गरेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  १ : ५२ बजे

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली