‘कुलिङ पिरियड’मा गडबडी, सभामुखले भने- प्रतिवेदनमा सुझाव कार्यान्वयन हुन्छन् « Khabarhub

‘कुलिङ पिरियड’मा गडबडी, सभामुखले भने- प्रतिवेदनमा सुझाव कार्यान्वयन हुन्छन्


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय निजामती सेवा विधेयको कुलिङ पिरियडमा भएको गडबडी छानबिन गर्न गठित विशेष समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ । 

मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा समितिका सभापति जीवन परियारले सभामुख घिमिरेलाई छानबिन प्रतिवेदन बुझाएका हुन् ।

समितिले कुलिङ अफ पिरियडको प्रावधानमा नियतवश छेडखानी गरेको ठहर गर्दै राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको छ ।

प्रतिवेदन बुझाउँदै समितिका सभापति परियारले प्रतिवेदन निर्माण गर्ने क्रममा सरोकारवाला सबैसँग छलफल गरेको जानकारी दिए । आगामी दिनमा यस प्रकारका त्रुटि हुन नदिन आवश्यक सुझाव दिइएको उनले बताए ।  

त्यस्तै प्रतिवेदन बुझ्दै सभामुख घिमिरेले सदनले दिएको कार्यभार पूरा गरेको प्रति धन्यवाद दिँदै समितिले दिएको प्रतिवेदनमा उल्लेख विषयलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । 

प्रतिनिधिसभाले गठन गरेको छानबिन समितिमा कांग्रेसका सांसद जीवन परियार कंग्रेसका सांसद सुशीला थिङ,  एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य , माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य रहेका थिए ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  २ : २५ बजे

ओलीको टिप्पणीमा गोकुलको जवाफ : पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन 

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

बैतडी– भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध

पर्यटकीय गन्तव्य चखेवा भञ्ज्याङ (तस्बिरहरू)

भोजपुर– खोटाङ र भोजपुरको सीमा क्षेत्रमा अवस्थित भोजपुर टेम्केमैयुङ गाउँपालिकाको

काठमाडौं महानगरका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौं– विगतका वर्षहरूमा भन्दा आगामा शैक्षिक शत्रका लागि काठमाडौं महानगरपालिका

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व– रुकुम पूर्वमा भएको हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध