कांग्रेसलाई राप्रपाले भन्यो- भिजिट भिसाका नाममा असुली धन्दा चलाउनु सुशासन हो ? « Khabarhub

कांग्रेसलाई राप्रपाले भन्यो- भिजिट भिसाका नाममा असुली धन्दा चलाउनु सुशासन हो ?


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेसलाई जवाफ फर्काएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद दीपकबहादुर सिंहले कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई जवाफ फर्काएका हुन् । 

सोमबारको बैठकमा प्रमुख सचेतक घिमिरेले रास्वपा र राप्रपालाई संसद्मा उभिएर अरुलाई गाली गरेर बाहिरिने प्रवृत्ति रोक्न सुझाव दिँदै अन्यथा प्रतिवादमा उत्रिने चेतावनी पनि दिएका थिए । 

‘हिजोमात्रै यस सदनमा भिजिट भिसाको नाममा बहिष्कार गर्नेहरूलाई हामी सभासद्हरूले प्रतिवादमा उत्रिनुपर्छ भन्ने कांग्रेसका प्रमुख सचेतकले भनिसक्नुभएको छ,’ राप्रपाका सांसद सिंहले भने, ‘के सरकारको सुशासन भएको यही हो । भिजिट भिसामा दैनिक ५० लाख असुली धन्दा गरेर हाम्रो छोराछोरीलाई विदेश पठाउने, ती विदेशमा गएका बिचल्ली हुँदा कुनै पनि वास्ता नगर्ने दिनको लागि गणतन्त्र ल्याएको हो ।’

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  २ : २० बजे

ओलीको टिप्पणीमा गोकुलको जवाफ : पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन 

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

बैतडी– भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध

पर्यटकीय गन्तव्य चखेवा भञ्ज्याङ (तस्बिरहरू)

भोजपुर– खोटाङ र भोजपुरको सीमा क्षेत्रमा अवस्थित भोजपुर टेम्केमैयुङ गाउँपालिकाको

काठमाडौं महानगरका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौं– विगतका वर्षहरूमा भन्दा आगामा शैक्षिक शत्रका लागि काठमाडौं महानगरपालिका

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व– रुकुम पूर्वमा भएको हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध