कांग्रेसलाई राप्रपाले भन्यो- भिजिट भिसाका नाममा असुली धन्दा चलाउनु सुशासन हो ? « Khabarhub

कांग्रेसलाई राप्रपाले भन्यो- भिजिट भिसाका नाममा असुली धन्दा चलाउनु सुशासन हो ?


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेसलाई जवाफ फर्काएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद दीपकबहादुर सिंहले कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई जवाफ फर्काएका हुन् । 

सोमबारको बैठकमा प्रमुख सचेतक घिमिरेले रास्वपा र राप्रपालाई संसद्मा उभिएर अरुलाई गाली गरेर बाहिरिने प्रवृत्ति रोक्न सुझाव दिँदै अन्यथा प्रतिवादमा उत्रिने चेतावनी पनि दिएका थिए । 

‘हिजोमात्रै यस सदनमा भिजिट भिसाको नाममा बहिष्कार गर्नेहरूलाई हामी सभासद्हरूले प्रतिवादमा उत्रिनुपर्छ भन्ने कांग्रेसका प्रमुख सचेतकले भनिसक्नुभएको छ,’ राप्रपाका सांसद सिंहले भने, ‘के सरकारको सुशासन भएको यही हो । भिजिट भिसामा दैनिक ५० लाख असुली धन्दा गरेर हाम्रो छोराछोरीलाई विदेश पठाउने, ती विदेशमा गएका बिचल्ली हुँदा कुनै पनि वास्ता नगर्ने दिनको लागि गणतन्त्र ल्याएको हो ।’

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  २ : २० बजे

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।

रास्वपा सिध्याउन राज्यका सबै अंग प्रयोग गरियो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले यसअघिको