गुल्मी र पाल्पामा पहिरोले सडक अवरुद्ध « Khabarhub

गुल्मी र पाल्पामा पहिरोले सडक अवरुद्ध


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गुल्मी– लगातारको वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक बन्द भएको छ । उक्त सडकअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–३ बाख्रेभीरमा पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए । 

रिडी–तम्घास सडकखण्ड फराकिलो बनाउने काम भइरहेको छ । त्यसैगरी, आज बिहानदेखि अवरुद्ध बनेको कालीगण्डकी करिडोर, रिडी–वामीटक्सार र रिडी–खज्र्याङ् सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए । 

तीन दिनदेखि गुल्मीसहित आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । बाढी र पहिरोको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरेको छ । 
       
पाल्पा–बुटवल खण्ड अवरुद्ध
    
पहिरोका कारण सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गतका विभिन्न ठाउँमा पहिरो खसेको छ ।

सिद्धबाबा क्षेत्रका तीन ठाउँमा ढुङ्गासहितको पहिरो खसेकाले सोमबार साँझदेखि सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रवीण आचार्यले बताए। तिनाउ गाउँपालिका–३ दोभान प्रहरीचौकी नजिक पहिरो खसेको छ । निरन्तर पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको छ । 

सोमबार पहिरो पन्छाएर एकतर्फी सवारिसाधन सञ्चालनमा ल्याए पनि रातिदेखि पुनः सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँचीलगायत स्थानबाट गुडेका सवारिसाधन बाटोमै थन्किएका छन् ।

 विभिन्न ठाउँमा पहिरो र ढुङ्गा खस्ने जोखिम कायमै रहेकाले जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । 

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  २ : ३० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने