आत्महत्या दुरुत्साहनमा श्रीमानसहित सासूससुरा पक्राउ « Khabarhub

आत्महत्या दुरुत्साहनमा श्रीमानसहित सासूससुरा पक्राउ


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– घरमै झुण्डिएको अवस्थामा मृत भेटिएकी एक युवतीको घटनामा अनुसन्धान गर्न प्रहरीले उनका श्रीमान्सहित सासू र ससुरालाई पक्राउ गरेको छ ।

मृत भेटिएकी कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ की १७ वर्षीया सम्झना भट्टका श्रीमान् पवन भट्ट, ससुरा हरिदत्त भट्ट र सासू किरण भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक  सागर बोहराले जानकारी दिए । सम्झनाका माइती पक्षको जाहेरीका आधारमा प्रहरीले उनका श्रीमान २४ वर्षीय पवनलाई पक्राउ गरेको थियो । त्यसको लगत्तै उनका सासू र ससुरालाई समेत पक्राउ गरिएको उनले बताए। 

“आत्महत्या दुरुत्साहनमा अनुसन्धानका लागि मृतकका श्रीमान्सहित सासूससुरालाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौँ”, प्रहरी नायब उपरीक्षक बोहराले भने।  उनका अनुसार मृतक भट्टका श्रीमान् पवनलाई आइतबार नै नियन्त्रणमा लिएर अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ ।  

बेलडाँडी–२ की सम्झना आइतबार सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उनका माइती पक्षले श्रीमान् तथा परिवारका सदस्यहरूले घरेलु हिंसा गर्ने, दाइजोको निहुँमा यातना दिने र मानसिक तनाव दिने गरेको आरोप लगाएका छन् । सोही कारण सम्झनाले आत्महत्याको बाटो रोजेको उनीहरुको आरोप छ । सम्झना र पवनले करिब छ महिनाअघि मात्रै प्रेम विवाह गरेका थिए । 

गत शनिबार सम्झना र पवनबीच झगडा भएको थियो । उक्त झगडापछि त्यही दिन दुवैजना बेलडाँडी प्रहरी चौकीमा पुगेका प्रहरीले जनाएको छ । प्रहरीले दुवैजनालाई सम्झाई–बुझाई घर पठाएको थियो । त्यसको भोलिपल्ट सम्झना घरमै मृत फेला परेकी हुन् । मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।    
 

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  २ : ३६ बजे

रास्वपाकै शीर्ष तहबाट एकता भंग भएको हो : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाको एकताका क्रममा

एमाले छिरे शेयर व्यवसायी दीपेन्द्र अग्रवाल, ओलीले गरे स्वागत

काठमाडौं- शेयर व्यवसायी दीपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन्

विराटनगरमा दुई खाद्य उद्योगविरुद्ध मुद्दा

काठमाडौं – विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले न्यून

अपारदर्शी कारोबार नियन्त्रण गर्न नगद कारोबार सीमा घटाइयो : अर्थमन्त्री

काडमाडौं – अर्थमन्त्री रामेश्वर खनालले अपारदर्शी कारोबारलाई नियन्त्रण गर्न नगदमा

टी–२० विश्वकपमा सहभागी नहुँदा बंगलादेशलाई ठूलो आर्थिक क्षति

काठमाडौं -बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा आयोजना हुने टी–२०