इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त « Khabarhub

इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । कांग्रेसको प्रदेश संसदीय दलका नेता बानियाँलाई मंगलबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

बानियाँ बागमतीको छैठौं मुख्यमन्त्री बनेका छन् । उनीभन्दा अगाडि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामाले मुख्यमन्त्रीको पद सम्हालेका थिए । 

बानियाँले कांग्रेस र नेकपा एमालेका गरी ६४ जना सांसदको समर्थनसहित दाबी पेस गरेका थिए । कांग्रेस बागमतीका सभापतिसमेत रहेका बानियाँ यसअघि दुईपटक संघीय सरकारमा राज्यमन्त्री भइसकेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ३ : २८ बजे

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली