मधेसको खानेपानी समस्या समाधान गर्न ठोस योजना बनाइनेछ : मन्त्री यादव « Khabarhub

मधेसको खानेपानी समस्या समाधान गर्न ठोस योजना बनाइनेछ : मन्त्री यादव


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले तराई–मधेसको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि यथाशीघ्र ठोस योजना तयार गर्न आवश्यक रहेको बताएका छन् । 

आज खानेपानी तथा ढल व्यवस्थापन विभागको गत आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रगति समीक्षा गोष्ठीको उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘तराई–मधेसको खानेपानी समस्याको दीर्घकालीन समाधानको ठोस उपायमा काम गर्न म विभागलाई निर्देशन दिन्छु ।’

खानेपानी, सरसफाइ तथा ढल निकासको क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै खानेपानी मन्त्रालय विकासे मन्त्रालयहरुमध्येमा सबैभन्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएको उनको भनाइ छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठले गत आर्थिक वर्षमा खानेपानी, सरसफाइ तथा ढल निकासको क्षेत्रमा गरेका कार्यहरूको विस्तृत जानकारी दिँदै आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘मन्त्रीज्यूको स्पष्ट निर्देशन, मन्त्रालयसहित विभागका कर्मचारीहरूको सहयोगमा विभागले देशभर ९० प्रतिशत प्रगति हासिल गरेको छ । आगामी दिन थप प्रगति गर्नेछौँ ।’

कार्यक्रममा मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव मीना श्रेष्ठले विभागले गत आवमा हासिल गरेको प्रगति प्रति खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा विभागीय निर्देशक, प्राविधिक, कर्मचारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ३ : ५४ बजे

भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ १८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक