बुधबारसम्म मुलुकका ६ नदीमा बाढीको जोखिम « Khabarhub

बुधबारसम्म मुलुकका ६ नदीमा बाढीको जोखिम


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौ–ं बुधबारसम्म मुलुकका छवटा नदीमा बाढीको जोखिम रहने भन्दै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । विभागले पूर्व राप्ती, बाग्मती, महाकाली, कर्णाली, भेरी र पश्चिम सेतीलगायत नदीमा जलसतह बढ्ने पूर्वानुमान गरेको छ ।

विभागका बाढीविद् विनोद पराजुलीले आज मध्याह्नतिर बबई नदीमा जलसतहले खतराको तह पार गरेको भए पनि दिउँसो ३ः०० बजेदेखि नदीको जलसतह घटेको जानकारी गराए।

‘बबई नदीमा ५ दशमलव ५ मिटर चेतावनीको तह र ६ दशमलव ८ मिटर खतराको तह मापन गरिन्छ । तर, आज मध्याह्नसम्म ७ दशमलव १ मिटर पुगेको थियो । अहिले भने जलसतह घटेर ६ दशमलव ६२ पुगेको छ,’ उनले भने, ‘आज काभ्रेपलान्चोक, मकवानपुर, दाङ, बाँके, चितवन, कैलाली, कञ्चनपुर र आसपासका जिल्लामा बहने स–साना नदीको बहाव उल्लेखनीय रूपमा बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आवश्यक छ ।’

बाढीविद् पराजुलीका अनुसार बाढीको उच्च जोखिम रहेका क्षेत्रमा पूर्वसूचना प्रवाह भइरहेको छ । 

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ४ : ३६ बजे

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग

कञ्चनपुर – कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले भोटेकोशी बाढीपीडितका लागि रु

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ