लिबियामा सुरक्षा कारबाहीका क्रममा ३५० जना गैरकानूनी आप्रवासी पक्राउ « Khabarhub

लिबियामा सुरक्षा कारबाहीका क्रममा ३५० जना गैरकानूनी आप्रवासी पक्राउ


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

त्रिपोली- लिबियाको टोब्रुक नगरपालिकाले गरेको सुरक्षा कारबाहीमा विभिन्न देशका तीन सय ५० अनियमित तथा गैरकानूनी आप्रवासीलाई पक्राउ गरेको लिबियाको अध्यागमन एजेन्सीले घोषणा गरेको छ ।

एजेन्सीले एक विज्ञप्तिमा सुरक्षा अपरेसन प्रवेश आवश्यकताहरूको उल्लङ्घन गर्नेहरूलाई पछ्याउन र सहर र यसको उपनगरहरू भित्र अनियमित आप्रवासी लुकेका ठाउँहरूमा छापा मार्न सुरु गरिएको गहन गस्तीको एक भाग रहेको बताएको छ ।

गिरफ्तार गरिएका व्यक्तिहरूको कानूनी स्थिति भिन्न रहेको एजेन्सीले औँल्याएको छ । केही आधिकारिक प्रक्रिया पूरा नगरी लिबियाको क्षेत्रमा प्रवेश गरेका थिए भने अरूले मरुभूमि मार्गबाट घुसपैठ गरेका थिए ।

कतिपयले समुद्र पार गरेर युरोपेली तटमा अवैध रूपमा बसाइँ सर्ने तयारी गरिरहेका थिए । युरोप पुग्न खोज्ने अनियमित आप्रवासीहरूका लागि लिबिया एउटा प्रमुख पारवहन विन्दु हो ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ४ : ३७ बजे

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता

काठमाडौँ – नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन

छठ मनाउन रास्वपा सभापति लामिछाने शनिबार जनकपुरधाम जाने : के छ कार्यक्रम ?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

कुलेखानी-हेटौँडा सडकमासवारी सञ्चालनमा कडाइ, ८ बजेपछि फर्पिङ कट्न नपाइने

काठमाडौँ – काठमाडौँ–फर्पिङ-कुलेखानी-हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढेसँगै जिल्ला प्रशासन

अल नेपाल र्‍यापिड चेस सुरु, पहिलो दिन कमल र राधिका शीर्ष स्थानमा

काठमाडौँ – प्रथम काठमाडौँ २८ वडाध्यक्ष कप अल नेपाल फिडे