‘कुलिङ पिरियड नहुँदा शासन प्रणाली भ्रष्ट र अनैतिक, अपवित्र गठबन्धन र अनुचित रजगज’ « Khabarhub

संसदीय छानबिन प्रतिवेदन :

‘कुलिङ पिरियड नहुँदा शासन प्रणाली भ्रष्ट र अनैतिक, अपवित्र गठबन्धन र अनुचित रजगज’


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निजामती सेवामा कुलिङ पिरियड (विश्राम अवधि) स्पष्ट नहुँदा नेपालमा ‘शासन प्रणाली भ्रष्ट र अनैतिक भएको, राजनीतिक नेतृत्व र उच्चपदस्थ कर्मचारीबीच अपवित्र गठबन्धन हुने गरेको र राज्यको स्रोतसाधनमा एकै व्यक्तिले अनुचित रजगज गर्ने गरेको’ संसदीय छानबिन समितिले जनाएको छ ।

संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले तयार पारेको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो ।

नेपालको निजामती सेवामा विश्राम अवधि नेपालको सरकारी सेवामा विगतमा विश्राम अवधिलाई कानुनमै उल्लेख गरी अभ्यास भएको नपाइएको प्रतिवेदनमा उल्लेख छ ।

‘निजामती सेवा ऐन, २०४९ र नियमावली, २०५० लगायत सरकारी कर्मचारीका सम्बन्धमा जारी गरिएका कानुनहरूका आचरणगत प्रबन्धमा विश्राम अवधि सम्बन्धी अवधारणागत रूपमा मिल्दाजुल्दा केही संकेतहरू रहे तापनि सो बारे स्पष्ट उल्लेख भएको पनि पाइँदैन’ प्रतिवेदनमा लेखिएको छ, ‘यसैको परिणामस्वरूप केही उच्चपदस्थ पदाधिकारीहरू सेवा अवधि बाँकी छँदै विभिन्न तरिका अपनाई महत्त्वपूर्ण सरकारी नियुक्ति लिने गरेको अध्ययनका क्रममा पाइएका छन् ।’

प्रतिवेदनको अंश ।

कुलिङ पिरियडसम्बन्धी स्पष्ट कानुनी प्रबन्धको अभावमा शासन प्रणाली नै भ्रष्ट र अनैतिक बन्दै जानुका साथै पद प्राप्तिको तीव्र अभिलाषाले राजनीतिक नेतृत्व र उच्चपदस्थ कर्मचारीबीच अपवित्र गठबन्धन हुने गरेको र राजनीतिक नेतृत्वका गलत क्रियाकलापमा कर्मचारीले साथ दिने गरेको विषय जगजाहेर रहेका समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

‘एकै व्यक्तिले सदैव राज्यको स्रोत साधनमाथि रजगज गर्ने प्रवृत्ति अन्त्य गरी राजनीति र उच्चपदस्थ अधिकारीबीचको अनुचित सम्बन्धको जालो तोडी स्वच्छता कायम गर्ने उद्देश्यले नै निजामती सेवा विधेयकमाथि प्रतिनिधि सभाका केही माननीय सदस्यहरूबाट संशोधन प्रस्ताव दर्ता भएका थिए’, प्रतिवेदनमा लेखिएको छ, ‘यसै विषयमा राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल हुँदा उक्त समितिबाट दुई वर्षको समय सीमा राखी विधेयक सम्बन्धी प्रतिवेदन सर्वसम्मतिले पारित गरेको जानकारी सो समितिको अभिलेख र विभिन्न छलफलबाट प्राप्त निचोडबाट देखिन्छ ।’

तर, उक्त व्यवस्था निष्क्रिय हुने गरी सो समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस र पारित भएको थियो । सोहीबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कुलिङ पिरियडको व्यवस्था नहुँदा हुने बदमासीबारे यस्तो उल्लेख गरेको हो ।

यो पनिः

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ४ : ५४ बजे

‘धुरन्धर’ स्टार अर्जुन रामपालले प्रेमिका गेब्रिएलासँग इन्गेजमेन्ट गरेको खुलासा

काठमाडौं – बलिउड अभिनेता अर्जुन रामपालले प्रेमिका गेब्रिएला डेमेड्रियाससँग गोप्य

रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

रूपन्देही– रुपन्देहीको भैरहवा–परासी सडकखण्डमा आज भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु

सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमान, कतिमा भइरहेको छ कारोबार

काठमाडौं– सुनको मूल्य बढ्ने क्रम आज पनि जारी रहेको छ

प्रि ओपन सेसन : नेप्सेमा १.२९ अंकको गिरावट

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

हिक भिजन ‘ब्राण्ड’ का उत्कृष्ट वितरक सम्मानित

काठमाडौं– सूचना प्रविधिका नवीनतम उपकरण उत्पादनमा विश्वप्रसिद्ध हिक भिजन ‘ब्राण्ड’