बहुविवाहलाई मान्यता दिने मस्यौदाप्रति फेडोको आपत्ति « Khabarhub

बहुविवाहलाई मान्यता दिने मस्यौदाप्रति फेडोको आपत्ति


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दलित महिला सङ्घ (फेडो)ले सरकारले बहुविवाहलाई निश्चित परिस्थितिमा कानुनी मान्यता दिने मस्यौदा ल्याउन लागेकोप्रति आपत्ति जनाएको छ । 

मुलुकी अपराधसंहिता लागू भएको दिन २०७५ भदौ १ गतेदेखि पूर्णतः निषेध गरिएको बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिनेगरी सरकारले कानुन ल्याउन लागेको भन्दै सो कदम तत्काल रोक्न र यस्तो कार्यको अगुवाइ गर्नेलाई कारबाही गर्न फेडोले माग गरेको छ । 

नेपालमा बहुविवाह अपराध हो भन्ने स्पष्ट कानुनी व्यवस्था रहँदै आएको सन्दर्भमा नेपाल सरकारको यो कदम नेपालको संविधान, लैङ्गिक समानता, महिला अधिकार तथा मानवअधिकारको मूल भावना विपरीत रहेको फेडोका महासचिव रेणु सिजापतिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

‘पारिवारिक सम्बन्ध, समाजिक न्यायमा यस्ता कानुनी प्रावधानले पार्ने प्रभावको आँकलन नगरी कानुन निर्माण गर्ने प्रयास आफैँमा गलत धारणा र पितृसत्तात्मक सोच हाबी भएको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ । 

बहुविवाहलाई मान्यता दिने विषय नेपालको संविधानको धारा १८ र धारा ३८ अन्तर्गतको समानता र महिला अधिकारको प्रतिकूल हुने यो मस्यौदाले नेपालले अवलम्बन गरेका अन्तर्राष्ट्रिय सन्धि जस्तै महिला विरुद्धका सबै प्रकारका भेदभाव उन्मूलन गर्नेसम्बन्धी महासन्धि (सिड)को समेत उल्लङ्घन गर्ने विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ४ : ४८ बजे

ओलीको टिप्पणीमा गोकुलको जवाफ : पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन 

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

बैतडी– भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध

पर्यटकीय गन्तव्य चखेवा भञ्ज्याङ (तस्बिरहरू)

भोजपुर– खोटाङ र भोजपुरको सीमा क्षेत्रमा अवस्थित भोजपुर टेम्केमैयुङ गाउँपालिकाको

काठमाडौं महानगरका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौं– विगतका वर्षहरूमा भन्दा आगामा शैक्षिक शत्रका लागि काठमाडौं महानगरपालिका

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व– रुकुम पूर्वमा भएको हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध