ओलीको टिप्पणीमा गोकुलको जवाफ : पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन  « Khabarhub

ओलीको टिप्पणीमा गोकुलको जवाफ : पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन 


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै बास्कोटाले आफूले आफ्नो धर्म, कर्तव्य र दायित्व नबिर्सिएको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘सत्य जाँचुन् कि आफ्नै आग्रह, आगो छादुन् कि बरफ बर्साउन्, त्यो मेरो विषय परेन । मेरो धर्म, कर्तव्य र दायित्व म भुल्न सक्दिनँ। पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण होइन । जननेता मदन भण्डारीको यो भनाइ मेरो राजनीतिक आदर्श हो।’

बास्कोटाको प्रतिक्रिया गत बिहीबार कान्तिपुर दैनिकमा प्रकाशित अध्यक्ष ओलीको अन्तर्वार्तापछि आएको हो ।

उक्त अन्तर्वार्तामा ओलीले नेता सुरेन्द्र पाण्डे र योगेशकुमार भट्टराईको यसपटक जित्ने अवस्था नरहेको तथा बिन्दा पाण्डेको उम्मेदवारीको कुनै आधार नभएको बताएका थिए।

यसका साथै, उनले काभ्रेली नेता गोकुल बास्कोटाले कार्यकर्ता पङ्क्तिमा विभाजन ल्याएर अप्ठ्यारो स्थिति सिर्जना गरेको टिप्पणी गरेका थिए।

यसै सन्दर्भमा बास्कोटाले मदन भण्डारीको राजनीतिक आदर्शलाई अहिले पनि आफूले मार्गदर्शक मानेको स्पष्ट पारेका छन्।

यसअघि एमाले उपमहासचिव योगेश भट्टराईले पनि ओलीको भनाइप्रति टिप्पणी गर्दै अहिले पार्टीलाई जिताउने प्राथमिकता भएकाले विस्तृत प्रतिक्रिया नदिने बताएका थिए। यसबारे फागुन २१ गतेको निर्वाचनपछि कुरा हुने उनले बताएका थिए ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ११ : ०९ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल