बहुविवाहलाई मान्यता दिने मस्यौदाप्रति फेडोको आपत्ति « Khabarhub

बहुविवाहलाई मान्यता दिने मस्यौदाप्रति फेडोको आपत्ति


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दलित महिला सङ्घ (फेडो)ले सरकारले बहुविवाहलाई निश्चित परिस्थितिमा कानुनी मान्यता दिने मस्यौदा ल्याउन लागेकोप्रति आपत्ति जनाएको छ । 

मुलुकी अपराधसंहिता लागू भएको दिन २०७५ भदौ १ गतेदेखि पूर्णतः निषेध गरिएको बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिनेगरी सरकारले कानुन ल्याउन लागेको भन्दै सो कदम तत्काल रोक्न र यस्तो कार्यको अगुवाइ गर्नेलाई कारबाही गर्न फेडोले माग गरेको छ । 

नेपालमा बहुविवाह अपराध हो भन्ने स्पष्ट कानुनी व्यवस्था रहँदै आएको सन्दर्भमा नेपाल सरकारको यो कदम नेपालको संविधान, लैङ्गिक समानता, महिला अधिकार तथा मानवअधिकारको मूल भावना विपरीत रहेको फेडोका महासचिव रेणु सिजापतिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

‘पारिवारिक सम्बन्ध, समाजिक न्यायमा यस्ता कानुनी प्रावधानले पार्ने प्रभावको आँकलन नगरी कानुन निर्माण गर्ने प्रयास आफैँमा गलत धारणा र पितृसत्तात्मक सोच हाबी भएको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ । 

बहुविवाहलाई मान्यता दिने विषय नेपालको संविधानको धारा १८ र धारा ३८ अन्तर्गतको समानता र महिला अधिकारको प्रतिकूल हुने यो मस्यौदाले नेपालले अवलम्बन गरेका अन्तर्राष्ट्रिय सन्धि जस्तै महिला विरुद्धका सबै प्रकारका भेदभाव उन्मूलन गर्नेसम्बन्धी महासन्धि (सिड)को समेत उल्लङ्घन गर्ने विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ४ : ४८ बजे

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।

रास्वपा सिध्याउन राज्यका सबै अंग प्रयोग गरियो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले यसअघिको