आफ्नो मुलुकमा हमला गर्न रुसले प्रयोग गरेका ड्रोनमा भारतीय पार्टपुर्जा भेटिएको युक्रेनको दाबी « Khabarhub

आफ्नो मुलुकमा हमला गर्न रुसले प्रयोग गरेका ड्रोनमा भारतीय पार्टपुर्जा भेटिएको युक्रेनको दाबी


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग निहुँ खोजिरहेका छन् । उनले भारतीय सामानमा भन्सार शुल्क बढाउँदै रुससँग तेल र हतियार किनेकोमा भारतको चर्को आलोचना पनि गर्दै आएका छन् ।

भारतले तेल किन्दा रुसले पाउने पैसा युक्रेनमा मान्छे मार्न प्रयोग भइरहेको ट्रम्पको तर्क छ । यस्तो अवस्थामा युक्रेनबाट अर्को समाचार आएको छ ।

समाचामा जनाइएअनुसार युक्रेनले आफ्नो मुलुकमा आक्रमण गर्न रुसले प्रयोग गरेको चालकरहित हवाइ उपकरण (ड्रोन) मा भारतमा बनेका पार्टपुर्जा भेटिएको दाबी गरेको छ । युक्रेनको रक्षा मन्त्रालयले हालै प्रकाशित एक प्रतिवेदनमा रुसी हतियारमा भारतीय पार्टपुर्जा भेटिएको जनाइएको छ । यसले फेरि एक पटक युक्रेनमा जारी युद्धमा भारतको संलग्नतालाई लिएर प्रश्न उठेको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार रुसले प्रयोग गर्ने इरानी मूलको शाहेद १३६ ड्रोनमा भारतमा बनेका उपकरण भेटिएको हो ।

युक्रेनको दाबीअनुसार रुसी सेनाले युक्रेनविरुद्ध प्रयोग गरेका केही ड्रोनहरूमा भारतमा निर्मित विद्युतीय पार्टपुर्जा र अन्य उपकरण फेला परेको छ । यी ड्रोनहरू रुसले युक्रेनको सैन्य र नागरिक क्षेत्रमा आक्रमण गर्न प्रयोग गरेको बताइएको छ ।

युक्रेनको रक्षा मन्त्रालयले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ । मन्त्रालयले भारत सरकारसँग यो विषयमा सहकार्य गर्न पनि आग्रह गरेको छ ।

युक्रेनले यस्ता पार्टपुर्जाहरूको निर्यात हुँदा अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको उल्लंघन भएको हुनसक्ने आशंका गरेको छ ।

भारतको विदेश मन्त्रालयले यो दाबीको जवाफमा कुनै औपचारिक वक्तव्य जारी गरेको छैन । तर, भारतीय अधिकारीहरूले यस्ता पार्टपुर्जाहरू निजी कम्पनीहरूले व्यावसायिक रूपमा बेचेका हुन सक्ने बताउँछन् ।

भारत र रुसबीच लामो समयदेखि रक्षा सहकार्य हुँदै आएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ५ : २४ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ