आफ्नो मुलुकमा हमला गर्न रुसले प्रयोग गरेका ड्रोनमा भारतीय पार्टपुर्जा भेटिएको युक्रेनको दाबी « Khabarhub

आफ्नो मुलुकमा हमला गर्न रुसले प्रयोग गरेका ड्रोनमा भारतीय पार्टपुर्जा भेटिएको युक्रेनको दाबी


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग निहुँ खोजिरहेका छन् । उनले भारतीय सामानमा भन्सार शुल्क बढाउँदै रुससँग तेल र हतियार किनेकोमा भारतको चर्को आलोचना पनि गर्दै आएका छन् ।

भारतले तेल किन्दा रुसले पाउने पैसा युक्रेनमा मान्छे मार्न प्रयोग भइरहेको ट्रम्पको तर्क छ । यस्तो अवस्थामा युक्रेनबाट अर्को समाचार आएको छ ।

समाचामा जनाइएअनुसार युक्रेनले आफ्नो मुलुकमा आक्रमण गर्न रुसले प्रयोग गरेको चालकरहित हवाइ उपकरण (ड्रोन) मा भारतमा बनेका पार्टपुर्जा भेटिएको दाबी गरेको छ । युक्रेनको रक्षा मन्त्रालयले हालै प्रकाशित एक प्रतिवेदनमा रुसी हतियारमा भारतीय पार्टपुर्जा भेटिएको जनाइएको छ । यसले फेरि एक पटक युक्रेनमा जारी युद्धमा भारतको संलग्नतालाई लिएर प्रश्न उठेको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार रुसले प्रयोग गर्ने इरानी मूलको शाहेद १३६ ड्रोनमा भारतमा बनेका उपकरण भेटिएको हो ।

युक्रेनको दाबीअनुसार रुसी सेनाले युक्रेनविरुद्ध प्रयोग गरेका केही ड्रोनहरूमा भारतमा निर्मित विद्युतीय पार्टपुर्जा र अन्य उपकरण फेला परेको छ । यी ड्रोनहरू रुसले युक्रेनको सैन्य र नागरिक क्षेत्रमा आक्रमण गर्न प्रयोग गरेको बताइएको छ ।

युक्रेनको रक्षा मन्त्रालयले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ । मन्त्रालयले भारत सरकारसँग यो विषयमा सहकार्य गर्न पनि आग्रह गरेको छ ।

युक्रेनले यस्ता पार्टपुर्जाहरूको निर्यात हुँदा अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको उल्लंघन भएको हुनसक्ने आशंका गरेको छ ।

भारतको विदेश मन्त्रालयले यो दाबीको जवाफमा कुनै औपचारिक वक्तव्य जारी गरेको छैन । तर, भारतीय अधिकारीहरूले यस्ता पार्टपुर्जाहरू निजी कम्पनीहरूले व्यावसायिक रूपमा बेचेका हुन सक्ने बताउँछन् ।

भारत र रुसबीच लामो समयदेखि रक्षा सहकार्य हुँदै आएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ५ : २४ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको