कोशीमा बिजुलीको ट्रान्सफरमर चोरी, १२ जना प्रहरी नियन्त्रणमा « Khabarhub

कोशीमा बिजुलीको ट्रान्सफरमर चोरी, १२ जना प्रहरी नियन्त्रणमा


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशको मोरङ, सुनसरी र झापामा संगठित रूपमा बिजुलीको ट्रान्सफरमर चोरी गर्ने गिरोहलाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अपराध अनुसन्धान समूहले पक्राउ गर्न सफल भएको छ । 

कोशी प्रदेश प्रहरी कार्यालयले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै संगठित र छुट्टाछुट्टै समूहमा रहेका उनीहरूले ०८१ माघ १५ गते यता झापा, मोरङ र सुनसरीको विभिन्न स्थानहरूबाट २२ वटा ट्रान्सफरमरहरु चोरी गरेको जानकारी दिएको हो । 

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ईश्वर कार्कीले लगातार र संगठित रूपमा ट्रान्सफरमर चोरी हुन थालेपछि प्रादेशिक अपराध अनुसन्धान समूह तथा सम्बन्धित जिल्ला प्रहरी कार्यालयका ३५ जना प्रहरी अनुसंधानमा परिचालित गरेर चोरीमा संलग्नलाई पक्राउ गर्न सफल भएको बताए । 

ट्रान्सफरमरमा हुने तामा र तेलका कारण मुख्यतः चोरी गर्ने गरिएको पाइएको र सो चोरी गर्ने ७ जनासहित तामा किन्ने ५ जना गरी १२ जनालाई पक्राउ गरिएको उनले बताए  ।

पक्राउ पर्नेमा मोरङ ग्रामथानका अर्जुन कुमार माझी, इरज माझी, मोरङ बेलबारीका अर्जुन चौधरी, रंजित तामाङ, सुनसरी दुहबीका अनुज विश्वास, प्रयाग कुमार खाँ चौधरी र भारतका आल मियाँ बिहारी रहेका छन् । 

यसैगरी चोरीको सामान खरिद गर्ने विराटनगरका लक्ष्य प्रधान, कृष्ण गोपाल ताम्राकार, दुहबीका योगेश अग्रवाल, कपिल भट्ट, सुनसरी इटहरीका सिताराम राई रहेका छन् । 

उनीहरूको घर र डेराबाट प्रहरीले करिब ३६८ किलो तामा, चोरी गर्न प्रयोग गरिएका औजार, चोरीमा प्रयोग गरिएका मोटरसाइकल र पिकअप गाडी बरामद गरेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ५ : ५३ बजे

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ

भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तरराष्ट्रिय विश्वास पुनःस्थापित गर्न जोड

काठमाडाैं – भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा गम्भीर

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको