गोसाइँकुण्डमा यात्रुलाई निःशुल्क तातोपानीको व्यवस्था « Khabarhub

गोसाइँकुण्डमा यात्रुलाई निःशुल्क तातोपानीको व्यवस्था


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

रसुवा– जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डमा भक्तजनका लागि यस वर्ष तातोपानीको व्यवस्था गरिएको छ । हरेक वर्ष साउनको एकादशीदेखि जनैपूर्णिमासम्म गोसाइँकुण्ड मेला भर्न जाने प्रचलन रहेबमोजिम त्यसतर्फ जानेक्रम सुरु भएको छ ।  

धुञ्चेका युवा समूहमार्फत भक्तजनका लागि निःशुल्क तातोपानीको व्यवस्था गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले बताए। समुद्रसतहदेखि चार हजार ३८० मिटरको उचाइमा रहेको सो कुण्डमा स्नान तथा पूजाआराधना गरे जान-अन्जानमा गरिएका पापबाट मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

अहिले तीर्थयात्रुको धुन्चे हुँदै त्यसतर्फ जाने क्रम सुरु भएको र यस वर्ष जनैपूर्णिमाका दिनसम्म यस वर्ष १५ हजार तीर्थालु भक्तजनले पवित्रकुण्डको स्नान गर्ने अनुमान गरिएको समितिका अध्यक्ष डिएमले जानकारी दिए ।

अध्यक्ष डिएमका अनुसार गोसाइँकुण्ड यात्राका क्रममा धुञ्चेदेखि खन्तिसम्मको अप्ठ्यारो पैदलबाटो मर्मतसम्भारसहित सरसफाइ गरिएको, खानेपानीको व्यवस्था मिलाइएको, ठाउँठाउँमा अस्थायी आवासको प्रबन्ध गरिएको, गोसाइँकुण्डसहित बाटोमा पर्ने बुद्धमन्दिर, चोलाङपाटी, चन्दनबारी, देउराली, तिवारी बगर र धुञ्चे क्षेत्रमा स्वास्थ्य उपचारको व्यवस्था गरिएको र शान्तिसुरक्षासहित अन्य अत्यावश्यकीय सामग्रीको समेत प्रबन्ध गरिएको छ ।

यसैगरी, गोसाइँकुण्डमा हिमालय उद्धार सङ्घ, पञ्चधाम समिति, काठमाडौँस्थित ग्रिनसिटी अस्पताल र गोसाइँकुण्ड गाउँपालिका तथा अन्य स्थानहरूमा रसुवा जिल्ला अस्पतालसहित जिल्ला आयुर्वेर्दिक औषधालय, नेपाली सेनाले यात्रुलाई उपचारसेवा दिने व्यवस्था प्रबन्ध गरिएको छ ।

यसैबीच रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले तीर्थयात्रुको सुरक्षाका लागि बेत्रावतीदेखि गोसाइँकुण्डसम्म ठाउँठाउँमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएकाले निर्धक्क भई तीर्थयात्रा गर्न सम्बद्ध सबैसँग अनुरोध गरेका छन्  ।

 जिल्ला प्रहरी प्रमुख हेमबहादुर मल्लले उच्चस्थानमा रहेको चिसो कुण्डमा स्नान गर्नेक्रममा हुनसक्ने सम्भावित दुर्घटनाबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । 

अहिले वर्षा भइरहे पनि काठमाडौँ र पृथ्वीराजमार्गको गल्छीदेखि नुवाकोटको त्रिशूली बजारहुँदै धुन्चेसम्मको सडकमार्गमा कुनै अवरोध नभएको र धुन्चेदेखि करिब चार किलोमिटर पैदल बाटो आवश्यक मर्मतसहित सरसफाइ गरेकाले ढुक्क भई मेला भर्न गोसाइँकुण्ड क्षेत्र विकास समितिले सबैसँग अनुरोध गरेको छ ।   
 

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ५ : ३२ बजे

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल

फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा