राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष महतोले गरे पदाधिकारी चयन  « Khabarhub

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष महतोले गरे पदाधिकारी चयन 


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले पार्टीको केन्द्रीय कार्यसमितिका पदाधिकारी चयन गरेका छन् । उनले ०८१ फागुन १२ र १३ मा सम्पन्न पहिलो केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार पदाधिकारी चयन गरेका हुन् । 

३१ सदस्यीय पदाधिकारीमध्ये तीन जनालाई वरिष्ठ उपाध्यक्ष र चार जनालाई उपाध्यक्ष मनोनीत गरिएको छ । राष्ट्रिय मुक्ति पार्टीले पाँच महासचिव र ७ सह–महासचिव चयन गरेको छ ।   यस्तै कोषाध्यक्ष र सहकोषाध्यक्ष, दुई जना प्रवक्ता र सात जनालाई सचिव बनाइएको छ । 

अध्यक्ष महतोले सञ्जयकुमार सिंह अध्यक्षतामा पाँच सदस्यीय केन्द्रीय अनुशासन समिति, अरुणकुमार सिंहको अध्यक्षतामा तीन सदस्यीय केन्द्रीय निर्वाचन समिति गठन गरेका छन् ।  

उनले दुई सदस्यीय केन्द्रीय लेखा परीक्षण समितिको अध्यक्षमा राजेशकुमार यादव र दुई सदस्यीय केन्द्रीय विज्ञ समितिमा ई। नहेन्द्र प्रधानलाई चयन गरेका छन् । 

केन्द्रीय पदाधिकारी र अन्य समितिको सूची–

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ५ : ३४ बजे

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली