‘कुलिङ पिरियडको गडबडीबारे छानबिन गर्न बनेको समितिको प्रतिवेदन कार्यान्वयनमा लैजानुपर्छ’ « Khabarhub

‘कुलिङ पिरियडको गडबडीबारे छानबिन गर्न बनेको समितिको प्रतिवेदन कार्यान्वयनमा लैजानुपर्छ’


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कुलिङ अफ पिरियडमा भएको गडबडीबारे छानबिन गर्न बनेको विशेष समितिको प्रतिवेदनलाई पूर्णरुपमा कार्यान्वयनमा लैजानुपर्ने बताएका छन् । 

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले संसदीय गतिविधिमा संलग्न रहने व्यक्तिहरूलाई थप जिम्मेवार बनाउन समितिको प्रतिवेदनलाई पूर्णरुपमा कार्यान्वयनमा लैजानुपर्ने बताएका हुन् । 

उनले समितिको मुख्य जिम्मेवारीमा रहेका व्यक्तिले आफ्नो भूमिका राम्रोसँग निर्वाह गर्न नसकेकाले त्रुटि देखिएको र छानबिन समिति नै गठन गर्नुपर्ने अवस्था आएको जिकिर गरे । आगामी दिनमा यस्ता घटना दोहरिन नदिन सबै गम्भीर र जिम्मेवार हुनुपर्ने देखिएको उनले बताए ।

बर्तौलाले सरोकारवाला निकायमा बसेका व्यक्तिले जबाफदेही ढंगले काम गर्नुपर्छ भन्ने महसुस गराउनुलाई सकारात्मक ढंगले लिनुपर्ने धारणा राखे  ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ५ : ४६ बजे

विष्णु पौडेल भन्छन् : केही मिडियाका प्रक्षेपण गलत नियतसहित आएका छन्, हामी जित्दैछौँ

रुपन्देही- नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले केही मिडिया र सामाजिक

करेन्ट लागेर टिपर चालकको मृत्यु

सिरहा– यहाँको गोलबजार नगरपालिका–२ स्थित गुरुधाम जाने बाटोमा टिपरको हाइड्रोलिक

०१५ सालका मतदाता सुरेन्द्रबहादुर भन्छन्- राजनीति नै स्वार्थको साधन बनेपछि नयाँ पुरानाको भेद रहेन

नेपाली कांग्रेसले घरदैलो पुरानो बानेश्वर चोकबाट कार्यक्रम सुरु गर्‍यो ।

पाकिस्तानको एफ १६ लडाकु जहाज खसालेको अफगानिस्तानको दाबी

काबुल- अफगानिस्तानले शुक्रबार अमेरिकामा निर्मित एफ–१६ पाकिस्तानी लडाकु विमान गुमाएको

मधेस प्रदेशमा ४८१ थान इजाजत प्राप्त हतियार बुझाइयो

जनकपुरधाम– प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षितगरी गरिएको सूचनाअनुसार मधेस प्रदेशमा ४८१