पशुपति क्षेत्रका १५ शिवालयको अध्ययन गर्न कार्यदल गठन « Khabarhub

पशुपति क्षेत्रका १५ शिवालयको अध्ययन गर्न कार्यदल गठन


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका १५ वटा शिवालयको अध्ययन तथा संरक्षणका लागि ११ सदस्यीय अध्ययन कार्यदल गठन गरिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक महत्त्वका सम्पदाको संरक्षण तथा प्रवर्द्धन के-कसरी गर्न सकिन्छ भनी अध्ययन गर्न ११ सदस्यीय कार्यदल गठन गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत संस्कृति महाशाखा, पशुपति क्षेत्र विकास कोष, पुरातत्व विभाग, गुठी संस्थान केन्द्रीय कार्यालय, काठमाडौँ महानगरपालिका–८ कार्यालय एवं पशुपति क्षेत्रमा कार्यरत सुरक्षा निकायहरूको संलग्नतामा बसेको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो । कोषका निमित्त उपनिर्देशक ईश्वरमान भण्डारीको संयोजकत्वमा समिति गठन गरिएको हो । 

समितिको सदस्यमा पुरातत्व विभागका स्ट्रक्चरल इञ्जिनियर डा. पुरुषोत्तम डङ्गोल, विभागकै पुरातत्व अधिकृत राजेश परियार, खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा विश्वराज सिलवाल, मन्त्रालयका पुरातत्व अधिकृत भीष्म बाँस्कोटा, सशस्त्र प्रहरी बल नेपाल, पशुपति मन्दिर सुरक्षा बेसका सहायक प्रहरी निरीक्षक सुदर्शन खतिवडा, काठमाडौँ महानगरपालिकाको कार्यालय सम्पदा तथा पर्यटन विभागका आर्किटेक्ट गौरव श्रेष्ठ, कोषका इञ्जिनियर मदनराज पाण्डे, कोषका आर्किटेक्ट रिक्का श्रेष्ठ र संस्थानका सबइञ्जिनियर भीमप्रसाद अधिकारी रहनुभएको छ । कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतम सचिव रहेका छन् । 
 
कार्यदललाई सम्पदाको धार्मिक महत्त्व, संरक्षण तथा प्रवर्द्धनका विकल्पसहित अध्ययन गरी प्रतिवेदन पेस गर्न एक महिनाको समय दिइएको कोषका निमित्त सदस्य सचिव सुभाषचन्द्र जोशीले राससलाई जानकारी दिए । पन्ध्र शिवालय क्षेत्र भासिँदै जान थालेकाले त्यस क्षेत्रमा आरती गरिरहेको संस्थालाई कम मानिसमात्र सहभागी गराएर आरती सञ्चालन गराउन पत्राचार गरिएको पनि उनले बताए।

वाग्मती किनारमा रहेको यो क्षेत्र भासिँदै जाँदा सम्पदा क्षेत्र खतरामा पर्नसक्ने भएकाले यसको संरक्षण गरिनुपर्ने विभागको भनाइ छ । दैनिक हजारौँ मानिस यस क्षेत्रमा जम्मा भएर आरती गर्दा धेरै भार भएर समस्या आएको विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले बताए। नदीले तलबाट बालुवा बगाउने र माथि दैनिक रूपमा हजारौँ मानिसको भारले थिच्ने गरेकाले जोखिम बढेको भन्दै यसको संरक्षण गरिनुपर्नेमा उनले जोड दिए। 
 
त्यस्तो संवेदनशील क्षेत्रमा आरती गर्न नहुने भन्दै विभागले यसको विकल्प खोज्न सुझाएको छ । पशुपतिनाथ मूल मन्दिरभित्र परम्परागत आरती हुने गरेकाले यस्ता आरतीका नाममा सम्पदा क्षेत्रमा हानी हुनेगरि कुनै पनि गतिविधि नगर्न पनि विभागले आह्वान गरेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ७ : १५ बजे

काठमाडौं महानगरका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौं– विगतका वर्षहरूमा भन्दा आगामा शैक्षिक शत्रका लागि काठमाडौं महानगरपालिका

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व– रुकुम पूर्वमा भएको हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

कांग्रेस सहमहामन्त्री राणाको प्रस्ताव : भावी प्रधानमन्त्रीका उम्मेदवारूबीच सार्वजनिक बहस गराऊँ

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री तथा ललितपुर क्षेत्र नम्बर २ बाट

नेपाली सेनाको हरिहरपुरगढी–सिन्धुलीगढी पदयात्रा समापन

सिन्धुलीगढी– नेपाली सेनाको मध्यपूर्वी पृतनाले सिन्धुलीको हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्म सञ्चालन गरेको

कुलमानको स्पष्टीकरण : मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछिको सरकारमा