लक्ष्य भेटाउने गरी सिँचाइ क्षेत्रको विकासमा लागौँ : मन्त्री खड्का « Khabarhub

लक्ष्य भेटाउने गरी सिँचाइ क्षेत्रको विकासमा लागौँ : मन्त्री खड्का


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लक्ष्य भेटाउने गरी सिँचाइ क्षेत्रको विकासमा लाग्नुपर्ने बताएका छन् । आज जलस्रोत तथा सिँचाइ विभागको चौँथो त्रैमासिक एवं वार्षिक समीक्षा गोष्ठीमा उहाँले कर्मचारी स्थायी सरकार भएकाले लक्ष्य भेटाउने गरी काम गर्नुपर्नेमा जोड दिए। 

‘जनताप्रति उत्तरदायी भएर मुलुकलाई सकारात्मक नतिजा दिनेगरी काम गरौँ’, ऊर्जामन्त्री खड्काले भने। वर्षेपिच्छे ठूलो ऋण लिएर राष्ट्रिय गौरवका आयोजना निर्माण गरिरहे पनि समयमा काम सम्पन्न नहुँदा राज्यलाई ठूलो आर्थिक भार पर्दै गएको भन्दै उनले निर्धारित समयमा काम सम्पन्न गर्नेगरी सबै लाग्नुपर्ने बताए।

उनले देशभर २५ लाख हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउनुपर्नेमा हालसम्म १५ लाख ८६ हजार हेक्टरमा मात्र पुगेको बताउँदै प्रत्येक वर्ष १४ हजार हेक्टरमा सिँचाइ सुविधाको लक्ष्य लिँदा काममा ढिलाइ भइरहेको उल्लेख गरे । कम्तीमा प्रत्येक वर्ष एक लाख हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने गरी काम गर्नुपर्नेमा जोड दिँदै उहाँले जिम्मेवारमा बस्ने व्यक्तिले निर्धारित समयमा काम सम्पन्न गराउन पहल थाल्नुपर्ने बताए ।

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बरालले दिगो र भरपर्दो सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यका साथ स्थापना भएको विभागले आर्थिक वर्ष २०८१-८२ मा ८९ दशमलव १५ प्रतिशत भौतिक प्रगति र ८१ दशमलव २८ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जानकारी दिए ।

आव २०८१-८२ मा जलस्रोत तथा सिँचाइ क्षेत्रमा रु ३३ अर्ब पाँच करोड बजेट विनियोजन भएकामा २६ अर्ब ८६ करोड खर्च भएको छ । यस्तै, गत आवमा ५० किलोमिटर क्षेत्रफलमा तटबन्धन, ४७० हेक्टर जग्गामा उकास गरिएको विभागले जनाएको छ ।

विभागअन्तर्गत रहेका छ वटा राष्ट्रिय गौरवका आयोजनाबाट दुई लाख ८७ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने र ८२ दशमलव सात मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकामा हालसम्म ६६ हजार ७१० हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्नुका साथै चार दशमलव ७१ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ७ : ४८ बजे

रास्वपाको अर्थ-राजनीतिक प्रस्तावना : प्रदेश सभा खारेजीदेखि स्थानीय तहको संख्या घटाउनेसम्म

काठमाडौं । रास्वपाको प्रथम महाधिवेशनमा प्रदेशसभा खारेजी र स्थानीय तहको

रास्वपाको एजेन्डा प्रत्यक्ष कार्यकारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रत्यक्ष

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिबाना

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले खाएको अमलेटमा माछाको काँडा भेटिएको

अन्य दललाई भ्रष्टको संज्ञा दिएका रविले रास्वपाबारे भने : सुशासन र परिवर्तनको प्रतीक

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि

विष्णु पौडेलको पक्राउ गैरकानुनी र प्रतिशोधपूर्ण : एमाले

काठमाडौं – नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ