प्रतिबन्ध छल्दै चीनले किनिरहेको छ इरानी तेल « Khabarhub

प्रतिबन्ध छल्दै चीनले किनिरहेको छ इरानी तेल


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनले इरानबाट प्रतिबन्धित तेल खरिद गरिरहेको पाइएको छ । अमेरिकाको सीबीएस न्यूजले गरेको अनुसन्धानमा चीनले अमेरिकी प्रतिबन्धलाई छल्दै इरानबाट तेल किनिरहेको पाइएको छ ।

यो तेललाई चीनले समुद्रमा जहाजमार्फत ठाउँ ठाउँमा स्थानान्तरण गर्दै लुकाएर ल्याउने गरेको छ । यी जहाजहरूले आफ्नो पहिचान लुकाउन ट्रान्सपोन्डर बन्द गर्ने र जहाजको नाम र नम्बर छोप्ने गरेको पाइएको छ ।

सीबीएसका अनुसार अनुसन्धान टोलीले सिङ्गापुरबाट ८० नौटिकल माइल टाढा मलेशियाको तटनजिक चार वटा जहाजमा स्थानान्तरण भइरहेको देखेका थिए । यसरी तेल स्थानान्तरण गर्नेमा मे महिनामा प्रतिबन्ध लगाइएका स्टेलर ओरेकल र अल्प्स नामक जहाजहरू पनि रहेको जनाइएको छ ।

समाचारमा जनाइएअनुसार इरानले निर्यात गर्ने ८० देखि ९० प्रतिशत तेल चीन पुग्ने गरेको छ । चीनले इरानबाट सस्तो मूल्यमा तेल आयात गर्दै आएको छ । चीन निर्यात हुने तेलबाट आम्दानी भएको पैसा इरानले आफ्नो अर्थतन्त्रलाई चलायमान राख्न र आणविक कार्यक्रममा खर्च गर्दै आएको बताइएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ८ : ३८ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक