पानीपुरी र चटपटेका ठेला खोज्दै काठमाडौँ महानगर, बिक्री अनुगमन गर्ने « Khabarhub

पानीपुरी र चटपटेका ठेला खोज्दै काठमाडौँ महानगर, बिक्री अनुगमन गर्ने


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले पानीजन्य रोगबाट नागरिकलाई बचाउन पानीपुरी, चटपटेलगायत स्वास्थ्यलाई नकारात्मक असर गर्ने खाद्यवस्तु बिक्रीको अनुगमन गर्ने भएको छ ।

बर्खाको समयमा सहज रूपमा पानी उपलब्ध गर्न सकिने भएकाले पानीपुरी तथा चटपटेमा प्रदूषित पानी प्रयोग हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यस्ता खाद्यवस्तु बिक्रीलाई नियन्त्रण गर्न अनुगमन गर्न लागिएको हो ।

त्यस्ता खाद्यवस्तुमा जहाँको पानी पनि प्रयोग गर्न सकिने हुँदा प्रदूषित पानीले उपभोक्ताको स्वास्थ्यमा पानीजन्य रोगको सङ्क्रमण बढाउन सक्ने देखिएकाले कामपाले त्यसको नियमन गर्न लागेको जनाएको छ ।

कामपाको स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण फोकलपर्सन ऋषिप्रसाद भुसालले खाद्यप्रविधि र खानेपानी ढल व्यवस्थापन विभागसँगको सहकार्यमा वर्षायामभरि यो अभियान सञ्चालन गरिने जानकारी दिए । वर्षायामभरि पानीपुरी तथा चटपटे बिक्री वितरणको नियमनका साथै पिउने पानीको गुणस्तर परीक्षणलाई तीव्रता दिइने उनले बताए ।

हैजा नियन्त्रणका लागि खानेपानीको गुणस्तरमा विशेष ध्यान दिँदै जारको पानी ढुवानीमा हुने कमजोरी रोक्न ‘प्लास्टिक ¥याप स्टिकर’ र सचेतनामूलक अभियान सञ्चालन गर्ने तयारीमा कामपा रहेको भुसालले उल्लेख गरे ।

उनका अनुसार खानेपानी उपभोक्ता समितिसँग समन्वय गरी पानीको स्रोतदेखि घरसम्मको गुणस्तर जाँच गरिनेछ । त्यस्तै खोलामा तरकारी पखाल्ने र ढल मिसाउने कार्यलाई निरुत्साहित गर्ने तयारी पनि कामपाले गरिरहेको उनले बताए ।

विद्यालयमा कक्षा ७ देखि १० सम्मका विद्यार्थीलाई डेङ्गी र हैजा रोकथाम तथा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम, ३२ वटै वडामा हैजा रोकथाम तथा नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भइसकेका कामपाको स्वास्थ्य विभागले जनाएको छ ।

विद्यार्थीले सिकेका कुरा समुदायमा पुर्‍याउन सहज हुने भएकाले प्रत्येक विद्यालयमा स्वास्थ्य नेतृत्वकर्ता तोकेर सरसफाइमा सक्रियता बढाइएको महामारी रोग रोकथाम तथा नियन्त्रण फोकलपर्सन भुसालले बताए । उनका अनुसार यसको लागि कामपाले ३२ वटै वडामा स्वयंसेवक र स्वास्थ्यकर्मी परिचालन गरिसकेको  छ ।

कामपाले स्वास्थ्यसम्बन्धी गुनासो सुन्न र जानकारी लिन निःशुल्क  हटलाइन नम्बर ११८० उपलब्ध गराउनुका साथै कुनैपनि समस्या परे सम्पर्क गर्न आग्रह गरेको छ ।

सहरी व्यवस्थापन विभागसँगको समन्वयमा अव्यवस्थित रूपमा राखिएका निर्माण सामग्री हटाउन पहल गर्ने, पानी जम्ने सम्भावित ठाउँमा सरसफाइ गरी व्यवस्थापन गर्ने, कामपा प्रहरी, विपद् व्यवस्थापन विभाग, नेपाल रेडक्रस सोसाइटीलगायत युवासँगको सहकार्यमा नागरिक सचेतना अभियान र स्वयंसेवक परिचालन गर्ने तयारी भइरहेको फोकलपर्सन भुसालले जानकारी दिए ।

उनका अनुसार महानगरले कामपाका प्रत्येक कार्यालय परिसरमा हरेक शुक्रबार बिहान ९ देखि १० बजेसम्म डेङ्गी बासस्थान खोज गरी लार्भा नष्ट गर्ने अभियान पनि सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  १० : १३ बजे

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता

काबुलको अस्पतालमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न राष्ट्रसंघको माग

काठमाडौं- संयुक्त राष्ट्रसंघले अफगानिस्तानको काबुलस्थित एक अस्पतालमा भएको आक्रमणको स्वतन्त्र

सात देशमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने निर्णय

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात देशमा