कङ्गोमा इबोलाको नयाँ प्रकोपले १५ जनाको मृत्यु « Khabarhub

कङ्गोमा इबोलाको नयाँ प्रकोपले १५ जनाको मृत्यु


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

किन्शासा – प्रजातान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्य अधिकारीले इबोला भाइरसको नयाँ प्रकोपको घोषणा गरेका छन्।

इबोलाले अगस्टको अन्त्यदेखि अहिलेसम्म १५ जनाको ज्यान लिइसकेको कङ्गोको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले खबर लेखेका छन्।

राजधानी किन्शासामा पत्रकारहरुसँग कुरा गर्दै त्यहाँका स्वास्थ्यमन्त्री स्यामुअल रोजर काम्बाले मध्य कसाई प्रान्तमा नयाँ प्रकोप देखिएको बताएका हुन्।

मध्य अफ्रिकी देशमा इबोलाको अन्तिम प्रकोप तीन वर्षअघि फैलिएको थियो जसमा छ जनाको मृत्यु भएको थियो।

अपुस्ट तथ्याङ्कअनुसार किन्शासामा इबोला सङ्क्रमित २८ जना बिरामी भेटिएका छन्, जसमध्ये पहिलो सङ्क्रमण अगस्ट २० मा अस्पतालमा भर्ना भएकी ३४ वर्षीया गर्भवती महिलामा देखिएको थियो।

काम्बाले भनेका छन्, “यो हाम्रो देशमा रेकर्ड गरिएको १६ औं प्रकोप हो।”

पहिलो पटक सन् १९७६ मा पहिचान भएको र चमेरोबाट आएको ठानिएको इबोला एक घातक भाइरल रोग हो जुन शारीरिक तरल पदार्थको प्रत्यक्ष सम्पर्कबाट फैलिन्छ, जसले गर्दा अत्यधिक रक्तस्राव हुन्छ र अङ्गहरू बिग्रन्छन्।

सन् २०१८ देखि २०२० को बीचमा १० करोडभन्दा बढी जनसङ्ख्या रहेको कङ्गोमा सबैभन्दा घातक प्रकोपका कारण करिब दुई हजार तीन सय जनाको मृत्यु भएको थियो। इबोलाका छ प्रजाति छन्।

स्वास्थ्य अधिकारीले नयाँ प्रकोप खोप उपलब्ध भएको जाइरे स्ट्रेनको नयाँ प्रकोप भएको बताएका छन्।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ६ : १६ बजे

प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रिय सभालाई सम्बोधन गर्दै (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय सभाको बैठक सुरु भएको छ । सोमबार प्रधानमन्त्री

राष्ट्रपति पौडेल र जापानका विदेश राज्यमन्त्रीबीच भेटवार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव हाम्रो

राष्ट्रियसभाको बैठकमा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा दुई वटा प्रतिवेदन पेस भएको छ

पदच्युत र टिकट नपाएका कांग्रेस नेता जिल्ला फर्कन आनाकानी 

काठमाडौं– देश फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनमय भइसकेको छ ।

तनहुँबाट ६७ निर्वाचन प्रहरी स्याङ्जा पठाइयो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यहाँबाट