मैजुबहालको ढुङ्गेधारालाई धार्मिक सहिष्णुताको अनुपम नमूना बनाइँदै « Khabarhub

मैजुबहालको ढुङ्गेधारालाई धार्मिक सहिष्णुताको अनुपम नमूना बनाइँदै


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मैजुबहाल ढुङ्गेधारास्थित बगलामुखी मन्दिर क्षेत्रलाई धार्मिक सहिष्णुताको अनुपम नमूनाका रूपमा विकास र विस्तार गर्ने अभियान सुरु गरिएको छ ।

त्यहाँको जग्गा तथा पानीको स्रोत संरक्षण गरी ज्येष्ठ नागरिक चौतारो बनाउने सिलसिलामा स्थानीय सामाजिक एवं धर्मपरायण समुदायको सतप्रयासमा बङ्गलामुखीसहित विभिन्न देवीदेवताका मन्दिर निर्माण गरिएको छ ।

स्थानीय समाजसेवी टेकनाथ आचार्यको पहलमा केही वर्षअघि त्यहाँ तीन आना दुई दाम सार्वजनिक जमिनमा प्यागोडा शैलीमा तामाको छानासहितको बङ्गलामुखी निर्माण गरिएको थियो । करिब चौवालिस लाखको लागतमा मन्दिर निर्माण गरी वार्षिक धार्मिक अनुष्ठान तथा शोभा रथयात्रा गरिँदै आएको मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद सिंखडाले जानकारी दिए ।

उक्त मन्दिर निर्माणमा धर्मानुरागी भक्तजनले आर्थिक सहयोग पुर्याएका थिए भने केही भक्तजनबाट मूर्ति स्थापनामा सहयोग भएको अध्यक्ष सिंखडाले जानकारी दिए । उक्त मन्दिरमा यस वर्षको जात्रा बिहीबारदेखि सुरु भएको छ ।

हिन्दु एवं बौद्ध परम्पराअनुसार मानिआएका थुप्रै देवीदेवता एवं बुद्धका मूर्ति स्थापना गरी परम्परा र जीवित संस्कृतिलाई जीवन्त राख्न रथारोहण (रथयात्रा)को थालनी गरिएको मन्दिर संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ । बङ्गलामुखीको ख्याति एवं मन्दिर परिसरमा प्रतिस्थापित देवीदेवता एवं बुद्धका मूर्तिका कारण दैनिक दर्शनार्थीको सङ्ख्या वृद्धि भइरहेको छ ।

मुलुकको जीवन्त संस्कृतिको जर्गेना र जन्मभूमिप्रतिको कर्तव्य निर्वाह गर्न तथा असल संस्कारयुक्त परिवारको निर्माण गरी जीवनलाई सार्थक तुल्याउन उक्त धार्मिकस्थलबाट आमनागरिकलाई प्रेरणा मिल्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ७ : १६ बजे

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

डडेल्धुरा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको

‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्, प्रकृतिले भने विपरीत कुरा बताउँछ’

काठमाडौं– जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु