साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड « Khabarhub

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा भेटवार्ता गर्दै क्षेत्रीय सुरक्षा अवस्था तथा आपसी रक्षा सहकार्य थप सुदृढ गर्ने उपायबारे छलफल गरेका छन्।

साउदी रक्षा मन्त्रालयका अनुसार तीन देशका सैन्य प्रमुखहरूले साउदी अरबको सुरक्षा अवस्था तथा त्यससमक्ष रहेका सम्भावित खतराबारे समीक्षा गरेका थिए। उनीहरूले मक्कालगायत साउदी अरबका नागरिक तथा आर्थिक पूर्वाधारलाई लक्षित गरी भएका आक्रमणको कडा निन्दा गरेका छन्।

बैठकमा तीन देशका सशस्त्र बलबीच सहकार्य थप विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। विशेषगरी गुप्तचरसम्बन्धी सहकार्य, सैन्य समन्वय तथा सैन्य क्षमता एकीकृत गर्ने विषयमा जोड दिइएको थियो।

तीन देशले सामूहिक प्रतिरक्षाप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै साउदी अरबको सुरक्षा, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न दृढ रहेको बताएका छन्।

पछिल्ला दिनहरूमा साउदी अरब र यमनका हुथीबीच एकअर्कालाई लक्षित गरी आक्रमण हुँदै आएका छन्। हुथीहरूले आफू नियन्त्रणमा रहेका क्षेत्रमा साउदी अरबले गरेको हवाई आक्रमणको जवाफस्वरूप राजधानी रियादसहित साउदी अरबका विभिन्न क्षेत्रमा आक्रमण गरेको बताएका छन्।

साउदी अरब, पाकिस्तान र टर्कीले गत अगस्ट ७ मा साउदी अरबको मक्कामा संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार कुनै एक हस्ताक्षरकर्ता राष्ट्रमाथि भएको आक्रमणलाई सबै राष्ट्रमाथि भएको आक्रमणका रूपमा लिइने व्यवस्था गरिएको छ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ३ : ३२ बजे

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता