सात वर्ष पुरानो विवाद : कार्डी बी निर्दोष साबित « Khabarhub

सात वर्ष पुरानो विवाद : कार्डी बी निर्दोष साबित


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हलिउडकी पप आइकन कार्डी बी सात वर्षदेखि तानिएको विवादास्पद मुद्दाबाट निर्दोष ठहरिएकी छिन्। कार्डी बी अल्हाम्ब्रा, क्यालिफोर्नियास्थित अदालतमा भएको नागरिक आक्रमण मुद्दामा निर्दोष साबित भएकी हुन्। यस मुद्दामा कार्डी बीले पूर्व सुरक्षा गार्ड ईमानी एलिस द्वारा लगाइएको २४ मिलियन डलरको दाबी अस्वीकार गरिन्।

सुरक्षा गार्ड एलिसले २०१८ मा बेभर्ली हिल्सको एक चिकित्सकको कार्यालयमा कार्डी बीले उनलाई आक्रमण गरेको, मुखमा थुकेको र जातिवादी गाली गरेको आरोप लगाएकी थिइन्। तर, १२ सदस्यीय जूरीको एकमतले यी आरोपहरूलाई अस्वीकार गर्दै कार्डी बीलाई निर्दोष साबित गरे ।

यो मुद्दाको सुरुवात सन् २०१८ मा भएको हो। त्यतिबेला कार्डी बी आफ्नो पहिलो बच्चाकी आमा बन्ने तयारीमा थिइन्, तर गर्भावस्थाको खबर परिवारसम्म पनि सार्वजनिक गरेकी थिइनन्। त्यही बेला, चिकित्सकलाई भेटेर लिफ्टबाट बाहिरिँदै गर्दा सुरक्षा गार्ड एलिसले लुकिछिपी उनको भिडियो खिचेको भनिएको थियो। यसै क्रममा करिब ६०–९० सेकेन्डसम्म वादविवाद भयो। तर, घटनामा शारीरिक आक्रमण भएको प्रमाणित भएन।

लामो समयसम्म चलेको कानुनी संघर्षपछि अन्ततः कार्डी बी निर्दोष साबित भएकी छिन्। अदालतको यो निर्णयसँगै उनले बलियो सन्देश दिएकी छन्- “अब कसैले पनि झूटो आरोप लगाएर सजिलै उम्कन सक्दैन। म आफ्नै निर्दोषिता बचाउन अन्तिम क्षणसम्म लडिरहनेछु, र आधारविहीन मुद्दा हाल्नेहरूले पक्कै सजाय भोग्नुपर्नेछ।”

यसरी कार्डी बीले आफ्नो विजयलाई मात्र होइन, निराधार आरोप लगाउने प्रवृत्तिविरुद्ध कडा चेतावनीको रूपमा प्रस्तुत गरेकी छन्।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ७ : ५२ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५