अर्जेन्टिनाको जितमा मेसीको दुई गोल « Khabarhub

अर्जेन्टिनाको जितमा मेसीको दुई गोल


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लियोनल मेसीको दुई गोलमा अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनोटमा भेनेजुएललाई ३–० गोल अन्तरले हराएको छ ।

गएराति ब्युनर्स आयर्सको स्टाडियो मोनुमेन्टलमा भएको खेलको ३९ औं मिनेटमा पहिलो गोल गरेका मेसीले ८० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका हुन् ।

अर्जेन्टिनाका लागि अर्को एक गोल लउटारो मार्टिनेजले ७६ औं मिनेटमा गरेका हुन् । यसअघि नै विश्वकपमा छनोट भइसकेको अर्जेन्टिनाले १७ खेल खेल्दा ३८ अंक बनाएको छ ।

आइतबारको अन्य खेलमा कोलम्बियाले बोलिभिया तथा उरुग्वेले पेरुलाई समान ३–० ले पराजित गर्दा पाराग्वे र इक्वेडरले गोलरहित बराबरी खेलेका हुन् ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ९ : ५६ बजे

मधेशमा गगनको सन्देश : अन्तर्घात र गुटको अन्त्य भए कांग्रेसले बहुमत सीट जित्छ

काठमाडौं– पाँच दिन लामो बसाइपछि कांग्रेस सभापति गगन थापा सर्लाहीबाट

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी