एस. एस. राजामौलीको “एसएसएमबी २९” : १२० भन्दा बढी देशमा रिलिज हुने « Khabarhub

एस. एस. राजामौलीको “एसएसएमबी २९” : १२० भन्दा बढी देशमा रिलिज हुने


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय सुपरहिट निर्देशक एस. एस. राजामौलीले आफ्नो उत्कृष्ट सिर्जना “एसएसएमबी २९” लाई विश्वव्यापी रूपमा प्रस्तुत गर्ने तयारी गरेका छन्। करिब १२०० करोड रुपैयाँको बजेटमा निर्माण भइरहेको यो फिल्मलाई १२० भन्दा बढी मुलुकमा रिलिज गरिँदैछ, जसले करिब एक अर्ब दर्शकसम्म पुग्ने अपेक्षा गरिएको छ।

भारतीय मिडियाका अनुसार, हालै निर्देशक राजामौलीले केन्याका परराष्ट्र मन्त्री माननीय मुसालिया मुदाभादीसँग भेट गरी केन्यालाई फिल्मको मुख्य सुटिङ स्थलका रूपमा रोजेका छन्। माननीय मुसालिया मुदाभादीले सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मा लेख्दै भने, “गत दुई साताभित्रै हाम्रो देशले विश्वका महान फिल्म निर्मातामध्ये एक, एस. एस. राजामौलीलाई स्वागत गर्ने मौका पायो।” उनले थपे कि राजामौलीको टोलीले पूर्वी अफ्रिकाभरि लोकेशन खोजेपछि अन्ततः केन्यालाई रोज्यो र यहाँ ९५% अफ्रिकी दृश्यहरू खिचिएको छ।

परराष्ट्र मन्त्रीका अनुसार, मसाई माराका विशाल मैदानी क्षेत्र, नाइभाशा, साम्बुरु र प्रसिद्ध एम्बोसेलीजस्ता प्राकृतिक दृश्यहरू अब एशियाली इतिहासकै सबैभन्दा ठूलो फिल्म प्रोजेक्टमा देखिनेछन्। यस निर्णयलाई “सिनेमामा मात्र नभई केन्याको प्राकृतिक सुन्दरता र आतिथ्यलाई विश्वमञ्चमा पुर्याउने अवसर” भनेर व्याख्या गरे।

फिल्मको टोली अहिले भारत फर्किएको छ र त्यहाँको सुटिङलाई निरन्तरता दिनेछ। फिल्मको ठूलो भाग ओडिशाको कोरापुट जिल्लामा खिचिएको छ, जहाँ तलामाली डाँडादेखि देओमाली शिखरसम्म, घना जंगल, झरना र पहाडी भूभागमा विशाल एक्शन दृश्यहरू खिचिएका छन्।

फिल्म “एसएसएमबी२९” मा सुपरस्टार महेश बाबु प्रमुख भूमिकामा देखिनेछन् भने प्रियंका चोपड़ा र पृथ्वीराज सुकुमारन पनि विशेष भूमिकामा रहनेछन्। इतिहास, पौराणिकता र साहसिक घटनाको मिश्रणमा बन्ने यो फिल्म सन् २०२७ मा रिलिज हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ११ : ५० बजे

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ प्रतिशत

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को आठ

कालोपट्टी बाँधेर सडकमा जेन-जी : कार्की आयोगको पूरा प्रतिवेदन खै ? 

काठमाडौं– जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले

ट्रम्प-सी भेटअघि उच्चस्तरीय प्रतिनिधिहरूबीच व्यापार वार्ता 

एजेन्सी– अमेरिका र चीनबीच लामो समयदेखि जारी व्यापारिक तनावलाई व्यवस्थापन

इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

झापा– सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा

नवलपरासी कारागारका १८० कैदी अझै फरार

बर्दघाट सुस्ता पश्चिम-  ‘जेन-जी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी