भूकम्प प्रभावित अफगानिस्तानमा रूसले मानवीय सहायता पठायो « Khabarhub

भूकम्प प्रभावित अफगानिस्तानमा रूसले मानवीय सहायता पठायो


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– गत साता गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा दुई हजार २०० जनाको मृत्यु भएपछि रुसले शुक्रबार अफगानिस्तानमा मानवीय सहायताका लागि कार्गो विमान पठाएको जनाएको छ ।

यस विपत्तिले पहिले नै गम्भीर मानवीय संकटलाई गहिरो बनाएको छ। संयुक्त राज्य अमेरिकासहित केही देशहरूले तालिबानको अधीनमा रहेको देशलाई सहायता प्रदान गर्न अनिच्छुक छन्।

सन् २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि यस वर्षको सुरुमा मस्को तालिवान सरकारलाई आधिकारिक मान्यता दिने पहिलो देश बनेको थियो । रुसको आपतकालीन अवस्था मन्त्रालयले काबुलमा भूकम्प प्रभावितका लागि २० टन खाद्यान्न उपलब्ध गराएको जनाएको छ ।
 
‘रुसी महासङ्घका राष्ट्रपतिको निर्देशनमा निकट भविष्यमा मानवीय सहायताको दोस्रो खेप पठाउने योजना छ,’ विज्ञप्तिमा भनिएको छ।
 
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले भूकम्पपछि अफगानिस्तानमा स्थानीय स्वास्थ्य सेवा ‘अत्यधिक तनावमा’ रहेको र ट्रमा सामग्री, औषधि र कर्मचारीको अभाव रहेको बताएको छ।
 
संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायका प्रमुख फिलिप्पो ग्रान्डीले भूकम्पका कारण पूर्वी अफगानिस्तानमा पाँच लाखभन्दा बढी मानिस प्रभावित भएको बताएका छन्। 

यस वर्षको जनवरीमा अफगानिस्तानलाई अमेरिकी वैदेशिक सहायता गुमाएपछि अफगानिस्तानलाई दिइँदै आएको आर्थिक सहायता घट्दै गएकोले सहायता संस्थाहरू तनावग्रस्त भएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  १२ : ३७ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन