काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनावश्यक केही कुरा बाहिर आएकाले ती विषय विधान महाधिवेशनसँग सम्बन्धित नभएको बताएका छन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको सन्दर्भमा संकेत गर्दै ओलीले अनावश्यक विषयहरू केन्द्रीय कमिटी र सचिवालयले बैठकले टुङ्ग्याउने पनि बताए।
उनले घुमाउरो शैलीमा विधान महाधिवेशनमा उपस्थित प्रतिनिधिहरूलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा चर्चा नगर्न भनेका हुन् ।
विधान महाधिवेशनका लागि ललितपुरको गोदावारी पुगेका ओलीले अहिले पूर्वराष्ट्रपतिसहितका कुराहरू अहिले छलफलको विषय नभएको तर्क गरेका हुन्।
‘विधि-विधानसँग लागेका प्रश्नहरूको विषयमा मात्र यहाँ छलफल हुनेछ। अनावश्यक विषयमा केन्द्रीय सचिवालय र पदाधिकारी बैठकमा छलफल गरौँला’, उनले भने, ‘अहिले हामीले विषयगत रुपमा समयको तालिकाअनुसार काम गर्नुपर्ने हुन्छ । अनावश्यक कुरामा छलफल गर्ने समय छैन।’
उनले विधानमा प्रस्तुत गर्ने प्रतिवेदनका विषयमा समूहगत छलफल गर्न समय दिएको भन्दै त्यसमा पर्याप्त छलफल गर्न आग्रह गरे ।
उनले राजनीतिक प्रतिवेदनको जवाफ आफूले दिने, सांगठनिक प्रतिवेदनको जवाफ महासचिव शंकर पोखरेलले र विधान संशोधन प्रस्तावको जवाफ विष्णु पौडेलले दिने बताए ।
प्रतिक्रिया