ट्रम्पले पुटिनसँग छिट्टै फोनवार्ता गर्ने « Khabarhub

ट्रम्पले पुटिनसँग छिट्टै फोनवार्ता गर्ने


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग भएको कुराकानीपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छिट्टै कुरा गर्ने बताएका छन् ।

ह्वाइट हाउसमा अमेरिकी प्रविधिका प्रमुख अधिकारीहरूसँगको रात्रिभोजका क्रममा निकट भविष्यमा रुसी नेतासँग कुरा गर्ने कि नगर्ने भनी सोधिएको प्रश्नमा ट्रम्पले पत्रकारसँग भने, “पक्कै पनि, म कुरा गर्नेछु ।”

पेरिसमा भएको शिखर सम्मेलनपछि ट्रम्पले युरोपेली नेताहरूसँग फोन गरेका थिए । सम्मेलनको उद्देश्य युद्धविराम भएमा वा नभएमा युक्रेनको सुरक्षा सुनिश्चितता योजनालाई बलियो बनाउनु रहेको थियो ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार भने, ‘‘आवश्यक परेको खण्डमा ट्रम्पसँग वार्ता छिटो गर्न सकिन्छ।” उनले किएभका लागि पश्चिमा सुरक्षा सुनिश्चितताको विचारलाई अस्वीकार गरे ।

“के विदेशी, विशेष गरी युरोपेली र अमेरिकी सैन्य दस्ताहरूले युक्रेनको लागि सुरक्षा प्रदान र ग्यारेन्टी गर्न सक्दछन् ? निश्चित रूपमा होइन, उनीहरूले सक्दैनन्,” पेस्कोभले सरकारी समाचार संस्था आरआईए नोभोस्तीसँग भने ।

पेस्कोभले भने, “युक्रेनको लागि सुरक्षाको सुनिश्चितता पश्चिमा चाहना अनुसार हुन सक्दैन, हाम्रो देशलाई सुहाउँदो हुनेछ।”

दुई दर्जनभन्दा बढी देशले कुनै पनि अन्तिम शान्ति सम्झौतापछि युक्रेनमा तैनाथ गर्ने बलमा सामेल हुने आश्वासन र प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसको उद्देश्य मस्कोलाई आफ्नो छिमेकीमाथि फेरि आक्रमण गर्नबाट रोक्नु हो, पेरिस शिखर सम्मेलनपछि नेताहरूले बिहीबार संयुक्त वक्तब्यमा भनेका छन् ।

यद्यपि, पुटिनको द्वन्द्व अन्त्य गर्न कुनै चासो छैन भन्ने चिन्ता बढ्दै गएको छ । यसै हप्ता पुटिनको बेइजिङ भ्रमणपछि चिन्ता बढेको हो । पुटिनले शान्ति सम्झौता हुन नसके युक्रेनमा रुसले थप लड्ने घोषणा गरेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  १२ : ५१ बजे

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी