ट्रम्पले पुटिनसँग छिट्टै फोनवार्ता गर्ने « Khabarhub

ट्रम्पले पुटिनसँग छिट्टै फोनवार्ता गर्ने


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग भएको कुराकानीपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छिट्टै कुरा गर्ने बताएका छन् ।

ह्वाइट हाउसमा अमेरिकी प्रविधिका प्रमुख अधिकारीहरूसँगको रात्रिभोजका क्रममा निकट भविष्यमा रुसी नेतासँग कुरा गर्ने कि नगर्ने भनी सोधिएको प्रश्नमा ट्रम्पले पत्रकारसँग भने, “पक्कै पनि, म कुरा गर्नेछु ।”

पेरिसमा भएको शिखर सम्मेलनपछि ट्रम्पले युरोपेली नेताहरूसँग फोन गरेका थिए । सम्मेलनको उद्देश्य युद्धविराम भएमा वा नभएमा युक्रेनको सुरक्षा सुनिश्चितता योजनालाई बलियो बनाउनु रहेको थियो ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार भने, ‘‘आवश्यक परेको खण्डमा ट्रम्पसँग वार्ता छिटो गर्न सकिन्छ।” उनले किएभका लागि पश्चिमा सुरक्षा सुनिश्चितताको विचारलाई अस्वीकार गरे ।

“के विदेशी, विशेष गरी युरोपेली र अमेरिकी सैन्य दस्ताहरूले युक्रेनको लागि सुरक्षा प्रदान र ग्यारेन्टी गर्न सक्दछन् ? निश्चित रूपमा होइन, उनीहरूले सक्दैनन्,” पेस्कोभले सरकारी समाचार संस्था आरआईए नोभोस्तीसँग भने ।

पेस्कोभले भने, “युक्रेनको लागि सुरक्षाको सुनिश्चितता पश्चिमा चाहना अनुसार हुन सक्दैन, हाम्रो देशलाई सुहाउँदो हुनेछ।”

दुई दर्जनभन्दा बढी देशले कुनै पनि अन्तिम शान्ति सम्झौतापछि युक्रेनमा तैनाथ गर्ने बलमा सामेल हुने आश्वासन र प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसको उद्देश्य मस्कोलाई आफ्नो छिमेकीमाथि फेरि आक्रमण गर्नबाट रोक्नु हो, पेरिस शिखर सम्मेलनपछि नेताहरूले बिहीबार संयुक्त वक्तब्यमा भनेका छन् ।

यद्यपि, पुटिनको द्वन्द्व अन्त्य गर्न कुनै चासो छैन भन्ने चिन्ता बढ्दै गएको छ । यसै हप्ता पुटिनको बेइजिङ भ्रमणपछि चिन्ता बढेको हो । पुटिनले शान्ति सम्झौता हुन नसके युक्रेनमा रुसले थप लड्ने घोषणा गरेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  १२ : ५१ बजे

रिक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री कार्कीले सम्हाल्ने

काठमाडौं– तीन जना मन्त्रीले पदबाट राजीनामा दिएपछि रिक्त भएका मन्त्रालयहरूको

झापामा ५ मा बालेनले दर्ता गराए उम्मेदवारी

दमक- प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह

बालिकाको हत्या गरी फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

सिरहा– १९ वर्षअघि एक बालिकाको घाँटी थिची हत्या गरी फरार

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया जारी

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सर्लाही–४ मा कांग्रेस सभापति गगन र निवर्तमान सांसद डा. अमरेश आमनेसामने

सर्लाही- सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा आगामी निर्वाचनका लागि