प्रधानमन्त्रीले भने- ०८४ मा एमालेले एकल बहुमत ल्याउँछ « Khabarhub

प्रधानमन्त्रीले भने- ०८४ मा एमालेले एकल बहुमत ल्याउँछ


२० भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ सालको निर्वाचनमा एकल बहुमत ल्याउने बताएका छन् ।

ललितपुरको गोदावरीमा आयोजित दोस्रो विधान महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीसहितका नयाँ शक्तिलाई लक्षित गर्दै कटाक्ष पनि गरे । ‘आरीबाट घोप्ट्याएका केही तत्व छन् । उनीहरू अनेक अनेक गरिरहेका छन्’, उनले भने, ‘उनीहरू आरीबाट घोप्ट्याएपछि सकिन्छन् । तर एमाले भने बलियो शक्ति हो । लाखौँ कार्यकर्तासहितको दह्रो शक्ति हो ।’

ओलीले ०८४ को निर्वाचनमा एमालेले बहुमत ल्याउने बताए । ‘०८४ मा एमालेले एकल बहुमत ल्याउनुपर्छ । हामी सबैजना मिलेर जनताको बीचमा सक्रियतापूर्वक गयौँ भने यो सम्भव छ’, उनले भने, ‘हाम्रा पार्टी र जनवर्गीय संगठनका कार्यकर्ता परिचालन गरेर जनतामा गएमा बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन । ’

ओलीले आउँदो निर्वाचनमा कसैले धाधँली गर्न नसक्ने बताए । ‘हामी सरकारमा भएकाले दृढताका साथ धाँधली रोक्ने छौँ,’ उनले भने, ‘यदि धाँधली रोक्न सकेमा हाम्रो बहुमत आउँछ । हामी निर्णायक शक्ति बन्छौँ ।’

प्रकाशित मिति : २० भदौ २०८२, शुक्रबार  १ : १४ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म