निजामती सेवा दिवसका अवसरमा ऊर्जा मन्त्रालयमा वृक्षारोपण  « Khabarhub

निजामती सेवा दिवसका अवसरमा ऊर्जा मन्त्रालयमा वृक्षारोपण 


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजामती सेवा दिवस–२०८२ को अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा वृक्षारोपण तथा सरसफाइ गरिएको छ । 

मन्त्रालयले शुक्रबार बिहान आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले वृक्षारोपण गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन् । 

निजामती सेवा दिवसको पूर्व सन्ध्यामा आज आयोजित उक्त कार्यक्रममा उर्जामन्त्री खड्काले सुशासन कायम गरी छिटो छरितो रूपमा आम नागरिकलाई सेवा प्रदान गर्न कर्मचारीहरू लाग्नुपर्ने बताए । उनले कर्मचारीले आफ्नो हक अधिकारको संरक्षण गर्दै गर्दा दायित्वलाई नबिर्सन समेत आग्रह गरे । 

उर्जामन्त्री खड्काले ऊर्जा मन्त्रालयले विगतका वर्षदेखि नै डेंगु नियन्त्रण र सरसफाइ अभियानलाई सञ्चालन गर्दै आएको बताए  । रोग लाग्नुभन्दा रोग लाग्न नदिनु प्रमुख उपाय भएकाले यस्ता सचेतना कार्यक्रमले रोग नियन्त्रणमा सहयोग पुग्ने उनको भनाई थियो । 

उनले ऊर्जा मन्त्रालय र यसअन्तर्गतका सबै निकायमा सरसफाइ अभियानलाई निरन्तरता दिनसमेत कर्मचारीलाई निर्देशन दिए ।
 
जलस्रोत तथा सिँचाइ सचिव सरीता दवाडीले निजामती सेवा दिवसलाई यस वर्षदेखि फरक ढंगले मनाउने निर्णयअनुसार सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् । उनले मन्त्रालयले गत वर्षदेखि नै हरेक हप्ताको शुक्रबार सरसफाइ कार्यक्रम गर्दै आएको बताइन् । 

उक्त कार्यक्रममा मन्त्री खड्का, सचिव दवाडीसँगै, जल तथा ऊर्जा आयोगका सचिवालयका सचिव दिनानाथ मिश्र, मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले समेत वृक्षारोपण गरेका थिए । 

यसैगरी, आजैदेखि सिंहदरबाभित्र काठमाडौँ महानगरपालिकाको स्वास्थ्य सेवा विभागको टोलीले समेत डेँगु नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको छ ।

उक्त टोलीले सिंहदरबाभित्र पानी जम्ने सम्भावित क्षेत्रमा खोज तथा लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको हो ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  १ : २५ बजे

अतिक्रमण र प्रदुषणले सङ्कटमा सिमसार

काठमाडौं–   प्रत्येक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने विश्व सिमसार दिवस

सुनको मूल्य प्रतितोला १३ हजार चार सय घट्यो : कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार

नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’

नवलपरासी– नारायणी नदीमा जल पर्यटनको प्रवर्द्धन र यहाँको धार्मिक पर्यटकीय

रास्वपा जिल्ला उपसभापति कांग्रेसमा प्रवेश

जुम्ला – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जुम्ला जिल्ला उपसभापति तारा

आमाको नामबाट दुई युवाले पाए नागरिकता

चितवन– चितवनका दुई युवाले आमाको नामबाट नागरिकता पाएका छन् ।