रास्वपा जिल्ला उपसभापति कांग्रेसमा प्रवेश « Khabarhub

रास्वपा जिल्ला उपसभापति कांग्रेसमा प्रवेश


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जुम्ला जिल्ला उपसभापति तारा शाही पार्टी परित्याग गर्दै नेपाली कांग्रेस प्रवेश गरेकी छिन्।

रास्वपाले लिएको राजनीतिक दिशाप्रति असन्तुष्टि जनाउदै उनले पार्टी परित्याग गरेको घोषणा गरेकी हुन्।

रास्वपाको पछिल्लो गतिविधि र राजनीतिक दिशा नै अस्पष्ट रहेको भन्दै उनले अस्पष्ट राजनीतिक यात्रा गन्तब्य विहीन हुने भन्दै पुनः आफ्नै पुरानो घर फर्किएको बताइन्।

शाहीको कांग्रेस प्रवेश केवल दल परिवर्तन मात्र होइन, वैकल्पिक राजनीतिको दाबी गरिरहेको दलको नीति माथिको प्रश्न पनि हो, यो हिसाबकिताब जनताले पनि गरिरहेका छन्।

केन्द्रीय सदस्य खड्काले नै शाहीलाई खादा र अबिर लगाएर पार्टीमा स्वागत गरेकी हुन्।

कांग्रेस जुम्लाका उपसभापति कार्मा बुढाले कांग्रेसको संगठनात्मक संरचना, निर्णय प्रक्रिया र राजनीतिक निरन्तरताले शाहीलाई पुनः आकर्षित गरेको बताए।

शाहीको कांग्रेस फिर्तीलाई रास्वपाभित्र जारी असन्तुष्टिको संकेतका रूपमा मात्र व्याख्या नगरेर अनुभव, संरचना र स्थानीय आधार भएका दलतर्फ नेताहरू फर्किन थालेको प्रवृत्तिका रुपमा हेरिएको छ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ११ : ३४ बजे

ट्रम्पको टिप्पणीले अमेरिकी कूटनीतिक प्रतिबद्धताको खोक्रोपन उजागर गर्‍यो : इरान 

काठमाडौँ-  इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिले अमेरिकाको कूटनीतिक प्रतिबद्धताको

तिहारसम्म सयपत्री फूल जोगाउन किसानलाई सकस, बजारको पनि चिन्ता

झापा- तिहार नजिकिँदै गर्दा झापाका सयपत्री फूल उत्पादक किसानलाई फूल टिप्ने

भोटेकोशी बाढीको क्षति वर्गीकरण गरेर मूल्याङ्कन हुँदै

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्रालयले भोटेकोशी बाढीका कारण विभिन्न

राजनीतिक जिम्मेवारी लिएका तीन कर्मचारीमाथि कारबाही सिफारिस

काठमाडौँ– राजनीतिक दलमा जिम्मेवारी लिएका तीन जना सरकारी कर्मचारीमाथि कानुनी कारबाही

किसानलाई जै घाँसको बीउ वितरण, पशुलाई पोषणयुक्त आहारा हुने

बनेपा– रविओपीस्थित देउराली दुग्ध उत्पादक सहकारी संस्था र सेतीदेवी दुग्ध