तिहारमा पनि दशैँ जस्तै तीन फिल्मको भिडन्त, एकैचोटी दयाहाङका दुई फिल्म « Khabarhub

तिहारमा पनि दशैँ जस्तै तीन फिल्मको भिडन्त, एकैचोटी दयाहाङका दुई फिल्म


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिहार पनि यो फूलपातीमा जस्तै फिल्महरूको भिडन्त देखिने भएको छ । तीन फिल्मले तिहारमा बक्स अफिस भिडन्त गर्ने भएका छन् ।

कात्तिक ६ गते बिहीबार भाइटीकाको दिन फिल्म ‘सोल्टिनी’ र ‘वरिष्ठ बलराम’ले प्रदर्शन मिति तोकेका छन् । कात्तिक ७ गते शुक्रबारका लागि अर्को फिल्म ‘मैझारो’ले प्रदर्शन मिति तोकेको हो ।

अर्थात्, कात्तिकको पहिलो साता पनि तीन फिल्म प्रदर्शनमा आउने भएका छन् ।

रोचक कुरा– यो बक्स अफिस प्रतिस्पर्धामा भने नायक दयाहाङ राईका दुई फिल्म छन् । उनी फिल्म ‘वरिष्ठ बलराम’ र ‘मझौरो’को शीर्ष कलाकार रहेको बताइएको छ ।

‘सोल्टिनी’ले पाएन सुख

असोज ३ बाट भागेर ‘सोल्टिनी’ भाइटीकामा पुगेको हो । असोज ३ मा ‘जारी २’ प्रतिस्पर्धा गर्न आएपछि यो फिल्मको प्रदर्शन मिति हेरफेर भएको थियो ।

‘सोल्टिनी’मा गायक तथा नायक प्रकाश सपुत र नायिका परीक्षा लिम्बू शीर्ष भूमिकामा छन् । निर्देशक अर्जुन सुबेदी हुन् ।

उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको ‘जारी २’को शीर्ष कलाकार नायक दयाहाङ राई र मिरुना मगर हुन् ।

प्रदर्शन मिति हेरफेर गरे पनि ‘सोल्टिनी’को प्रतिस्पर्धा दयाहाङ र मिरुना स्टारर फिल्मसँगै हुने पक्का भएको छ । अर्थात्, भाग्दा पनि दयाहाङ र मिरुनासँग ‘सोल्टिनी’ जोगिन सकेन ।

कात्तिक ६ मा झन् ‘सोल्टिनी’ले दयाहाङ स्टारर दुई फिल्मसँग प्रतिस्पर्धा गर्नु पर्ने देखिएको छ । अर्थात्, ‘जारी २’सँग भागेको ‘सोल्टिनी’ले फिल्महरु ‘वरिष्ठ बलराम’ र ‘मैझारो’सँग प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ ।

‘वरिष्ठ बलराम’ मा दयाहाङ र नायक विजय बराल शीर्ष भूमिकामा छन् ।

तर, यो मितिमा ‘सोल्टिनी’लाई केही राहत भने छ । यी दुई ‘जारी २’ जस्तो हिट फिल्मको शृङ्खला होइनन् ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  २ : २० बजे

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य