तिहारमा पनि दशैँ जस्तै तीन फिल्मको भिडन्त, एकैचोटी दयाहाङका दुई फिल्म « Khabarhub

तिहारमा पनि दशैँ जस्तै तीन फिल्मको भिडन्त, एकैचोटी दयाहाङका दुई फिल्म


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिहार पनि यो फूलपातीमा जस्तै फिल्महरूको भिडन्त देखिने भएको छ । तीन फिल्मले तिहारमा बक्स अफिस भिडन्त गर्ने भएका छन् ।

कात्तिक ६ गते बिहीबार भाइटीकाको दिन फिल्म ‘सोल्टिनी’ र ‘वरिष्ठ बलराम’ले प्रदर्शन मिति तोकेका छन् । कात्तिक ७ गते शुक्रबारका लागि अर्को फिल्म ‘मैझारो’ले प्रदर्शन मिति तोकेको हो ।

अर्थात्, कात्तिकको पहिलो साता पनि तीन फिल्म प्रदर्शनमा आउने भएका छन् ।

रोचक कुरा– यो बक्स अफिस प्रतिस्पर्धामा भने नायक दयाहाङ राईका दुई फिल्म छन् । उनी फिल्म ‘वरिष्ठ बलराम’ र ‘मझौरो’को शीर्ष कलाकार रहेको बताइएको छ ।

‘सोल्टिनी’ले पाएन सुख

असोज ३ बाट भागेर ‘सोल्टिनी’ भाइटीकामा पुगेको हो । असोज ३ मा ‘जारी २’ प्रतिस्पर्धा गर्न आएपछि यो फिल्मको प्रदर्शन मिति हेरफेर भएको थियो ।

‘सोल्टिनी’मा गायक तथा नायक प्रकाश सपुत र नायिका परीक्षा लिम्बू शीर्ष भूमिकामा छन् । निर्देशक अर्जुन सुबेदी हुन् ।

उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको ‘जारी २’को शीर्ष कलाकार नायक दयाहाङ राई र मिरुना मगर हुन् ।

प्रदर्शन मिति हेरफेर गरे पनि ‘सोल्टिनी’को प्रतिस्पर्धा दयाहाङ र मिरुना स्टारर फिल्मसँगै हुने पक्का भएको छ । अर्थात्, भाग्दा पनि दयाहाङ र मिरुनासँग ‘सोल्टिनी’ जोगिन सकेन ।

कात्तिक ६ मा झन् ‘सोल्टिनी’ले दयाहाङ स्टारर दुई फिल्मसँग प्रतिस्पर्धा गर्नु पर्ने देखिएको छ । अर्थात्, ‘जारी २’सँग भागेको ‘सोल्टिनी’ले फिल्महरु ‘वरिष्ठ बलराम’ र ‘मैझारो’सँग प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ ।

‘वरिष्ठ बलराम’ मा दयाहाङ र नायक विजय बराल शीर्ष भूमिकामा छन् ।

तर, यो मितिमा ‘सोल्टिनी’लाई केही राहत भने छ । यी दुई ‘जारी २’ जस्तो हिट फिल्मको शृङ्खला होइनन् ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  २ : २० बजे

वर्षा र बाढीपछि कस्तो छ जलविद्युत क्षेत्रको अवस्था ?

काठमाडौं– असोज ९ गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न विद्युतीय

तीनवटा क्रेनको सहायताले निकालियो नारायणी पुलमा अड्किएको क्रुजसिप (तस्बिरहरू)

काठमाडौं– नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई

अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक

वासिङ्टन– संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा

हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो

मनाङ- मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका थप दुई

नेपालमा प्रत्येक वर्ष रेबिजबाट एक सय जनाको जान्छ ज्यान

काठमाडौं– नेपालमा रेबिज रोगका कारण प्रत्येक वर्ष करिब १ सय