ललितपुर- नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको अवधारणा अघि सार्दै समाजको विशेषताका आधारमा बहुलता र विविधतालाई समाजवादी राज्य प्रणालीमा जोड्ने बताएका छन् ।
गोदावरी ललितपुर सनराइज सभाहलमा अध्यक्ष ओलीले राजनीतिक प्रस्तावको प्रतिवेदन उपमहासचिव प्रदीप ज्ञवालीले वाचन गरिरहेका छन् ।
राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलेली नेपाली विशेषताको समाजवादको अवधारणा प्रस्तावमा भनिएको छ, ‘नेपाली समाजको विशेषताको रूपमा रहेको बहुलता र विविधतालाई समाजवादी राज्यप्रणालीमा सामञ्जस्यका साथ अगाडि बढाइने छ । एकरुपतामा एकता होइन, विविधतामा एकतालाई प्रवर्द्धन गरिने छ ।’
नेपाली विशेषताको समाजवादको अनिवार्य कार्यभारमा राष्ट्रिय हितको रक्षा, राष्ट्रिय स्वाभिमान, पहिचान र स्वाधीनताको रक्षा तथा विकास भनेर नवीन व्याख्या गरिएको छ ।
नेपाली विशेषताको समाजवादको एक मुख्य आधार ‘परिपूर्ण लोकतन्त्र’लाई अघि सारिएको छ ।
अध्यक्ष ओलीद्वारा प्रस्तावित राजनीतिक प्रतिवेदनमा भनिएको छ– ‘नेपाली विशेषताको समाजवादको एउटा महत्वपूर्ण पक्ष हो– यसले लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यताहरुलाई आत्मसाथ गर्नेछ ।
संविधानको सर्वोच्चता, विधिको शासन, मनाव अधिकार, शक्ति पृथकीकरण र आवधिक निर्वाचन जस्ता विषयहरु राज्यसञ्चालनका अभिन्न विषय हुनेछन् । दलहरूबीचको प्रतिष्पर्धा सुनिश्चित गरिनेछ । जनताको अभिमतबाट मात्रै शासन सञ्चालन गर्ने, अनिर्वाचित सत्ता नहुने कुराको प्रत्याभूति गरिनेछ ।’
प्रतिवेदनमा वर्ग संरचना खण्डअन्तर्गत निम्न वर्ग, मध्यम वर्ग, उच्च वर्गलाई चित्रण गरिएको छ । जसमा निम्न वर्गको आर्थिक आय प्रायः रु. १.५ लाखभन्दा कम भएको, मध्यम वर्गमा वार्षिक आय करिब रु. १.५–५ लाख हुने, उच्च वर्गमा वार्षिक आय ५ लाखभन्दा माथि भएकालाई आधार मानिएको छ ।
जातीय र सामाजिक आयाममा दलित र मुस्लिम समुदायमा भूमिहीन, सिमान्त किसान र न्यून आय वर्गका बढी देखाइको छ । सन् २०२२ को तथ्यलाई प्रतिवेदनमा आधार मानिएको छ । जसअनुसार औसत गरिबी दर २० दशमलब ३ प्रतिशत दलितमा र त्यो ३० प्रतिशत भन्दा बढी छ ।
त्यसैगरी मानव विकास सूचाङ्कमा पनि जातीय विवेद देखिएको निश्कर्ष प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सन् २००४ मा मानव विकास सूचाङ्क बाहुन-क्षत्रीमा ०.५५२ र नेवारमा ०.४२४ र मुसिल्ममा ०.४०१ मात्र थियो । यी तथ्यले गरिबी घट्ने दरमा पनि असमानता देखाएको छ। बाहुन-क्षत्रीमा ४६ प्रतिशत र दलितमा २१ प्रतिशत र मुस्लिममा ६ प्रतिशत मात्रै रहेको देखाएको छ ।
प्रतिक्रिया