काठमाडौँ- नेकपा एमालेलाई नेपालको निर्णायक अर्थात् बहुमतसहितको शक्ति बनाउन अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ रणनीति र योजना सार्वजनिक गरेका छन् ।
एमालेको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष ओलीले आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै यस्तो विवरण सार्वजनिक गरेका हु्न् ।
ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन उपमहासचिव प्रदीप ज्ञवालीले वाचन गरिरहेका छन् । ओलीले आगामी दिनमा एमालेलाई निर्णायक राजनीतिक शक्ति बनाउन ल्याएका योजना यस्ता छन् ।
प्रतिवेदनमार्फत ओलीले वैचारिक सुदृढीकरणदेखि निर्वाचन तयारी र शासकीय क्षमता वृद्धि सम्मका विस्तृत योजनाहरू प्रस्तुत गरेका छन्।
ओलीले पार्टीभित्र वैचारिक काम कमजोर हुँदै गएको भन्दै स्कुलिङ र नीतिगत बहसलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
सदस्यता विस्तार र गुणस्तर अभिवृद्धि, संगठन परिचालनमा देखिएका गुटबन्दी नियन्त्रण, आचरणमा शुद्धता र जनसम्पर्कलाई प्राथमिकतामा राख्नुपर्ने उनले उल्लेख गरेका छन्।
आगामी निर्वाचनलाई समाजवादको आधार निर्माणको पूर्वशर्तका रूपमा चित्रण गर्दै ओलीले योजनाबद्ध तयारीका साथ एमालेलाई पहिलो शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य प्रस्तुत गरेका छन्। यसक्रममा उम्मेदवार छनोटलाई व्यक्तिपरक बनाउन नहुने र असहयोग, अन्तरघात जस्ता प्रवृत्ति रोक्नुपर्ने उनले स्पष्ट पारेका छन्।
प्रतिवेदनमा शासकीय क्षमता अभिवृद्धि गर्नुपर्ने विषयलाई पनि जोड दिइएको छ। अहिले केन्द्र, तीन प्रदेश र २०६ पालिकामा नेतृत्व गरिरहेका एमालेका सरकारहरूलाई सुशासन र समृद्धिको कुशल नेतृत्व दिन सक्षम बनाउनुपर्ने ओलीको धारणा छ।
पार्टी जीवनको लोकतान्त्रिकरणलाई अपरिहार्य ठहर गर्दै ओलीले सामूहिक नेतृत्व, पदाधिकारीहरूको प्रत्यक्ष उत्तरदायित्व, समावेशीकरण, नयाँ पुस्ताको योजनाबद्ध विकास र आवधिक मूल्यांकनलाई प्राथमिकता दिने प्रस्ताव राखेका छन्।
ओलीले भनेका छन्, ‘हामीले पार्टीलाई एकताबद्ध गर्दै जनतामा विश्वास जगाउनुपर्छ। विचार र व्यवहारले जनताको मन जित्न सकिएन भने पार्टी राष्ट्रिय सवालमा कमजोर हुन्छ।’
यस्ता छन् ओलीका योजना
वैचारिक काम :
अब हामीले पार्टीमा वैचारिक काम सघन बनाउनु पर्दछ। पछिल्लो समय वैचारिक काम, पठन संस्कृति र नीतिगत बहसको काम पातलिँदै गएको छ। एकातिर विश्वको शक्ति सन्तुलन, भूराजनीति, नेपाली समाज, उत्पादनका ढाँचा, शोषणका स्वरूप लगायत विषयमा तीव्र परिवर्तन आइरहेका छन् र यसले आन्दोलन सामु नयाँ नयाँ प्रश्न खडा भइरहेका छन्, तर हाम्रो पार्टी पङ्क्तिलाई यस विषयमा अद्यावधिक (अपडेटेड) बनाउन सकिएको छैन। परिवर्तनसँग अपडेटेड हुन नसक्ने संरचनाहरू ‘आउट डेटेड’ हुन सक्छन्। या कुनै हावाहुरीका पछाडि बग्न सक्छन्। त्यसैले हामीले वैचारिक काम र स्कुलिङलाई प्रभावकारी बनाउनै पर्छ।
सदस्यता विस्तार र गुणस्तर वृद्धि :
पार्टीको जगका रूपमा रहेको सदस्यताको विस्तार र उनीहरूको गुणस्तर अभिवृद्धिमा समस्या देखा परेका छन्। योजनाबद्ध ढङ्गले सदस्यता विस्तारको प्रयासनगर्ने, सदस्यहरूको गुणस्तर अभिवृद्धि नगर्ने र सदस्यता प्रदान तथा नवीकरण गर्ने विषयलाई पार्टीभित्रको प्रतिस्पर्धामा आफ्नो अनुकूल पार्ने गरी स्वार्थप्रेरित ढङ्गले सञ्चालन गर्ने प्रवृत्ति पनि देखा परेको छ। यसलाई सच्याउनै पर्छ।
सङ्गठन परिचालन :
कमिटीलाई पद्धतिसम्मत् ढङ्गले सञ्चालन गर्ने काममा पनि समस्या देखा परेका छन्। गुटबन्दीका प्रवृत्ति नियन्त्रण भएका छैनन्। हामीले जित्नु पर्ने प्रतिद्वन्द्वीहरू पार्टी बाहिर छन्। हामीले जित्नु पर्ने गरिबी विरुद्धको लडाइँ, पछ्यौटेपन विरुद्धको लडाइँ, राष्ट्रिय हितको रक्षा र स्वाभिमानको लडाइँ पार्टी बाहिर छ। तर त्यस दायित्वलाई बिर्सेर व्यक्ति स्वार्थलाई प्राथमिकता दिने, पार्टीभित्रको प्रतिस्पर्धालाई मुख्य ठान्ने, त्यसलाई अनावश्यक रूपमा तिक्त बनाउने र पार्टीमा भावनात्मक रूपमा विभाजनको रेखा कोर्ने प्रयासपनि छिटफुट रूपमा देखा परेका छन्। यसलाई नियन्त्रण गरिएन भने पार्टी बन्दैन। किनभने गुट बलियो हुनु भनेको पार्टी कमजोर हुनु हो।
आचरणमा शुद्धता :
कतिपय नेता कार्यकर्ताहरूको आर्थिक र अन्य आचरणमा सार्वजनिक रूपमा प्रश्न उठ्ने स्थिति बनेको छ। हाम्रो पार्टी नाम, झण्डा र लोगोमा मात्रै अन्य पार्टीभन्दा भिन्न होइन, यो सिद्धान्त, नीति, आचरण वा शैली हेरिको हिसाबले अब्बल हुनुपर्छ र उन्नत पार्टी हो। यस्तो पार्टीका नेता कार्यकर्तामा यस्ता प्रश्नहरू उठ्नु उचित होइन। त्यसैले पार्टीले शुद्धता ल्याउनै पर्छ। जनसम्पर्क र जनपरिचालन – जनसरोकारका मुद्दाहरूमा पार्टीलाई अग्रपङ्क्तिमा उभ्याउँदै जनताको माझमा पार्टीको रूपमा विकसित हुनुपर्छ। जब विचारमा पार्टी बलियो बन्छ र जनताको समस्याको समाधानमा जनपरिचालनमा ध्यान दिने काम हुन छाड्छ तब पार्टी जनताको दुःखसुखको साथी बन्नुपर्छ र पार्टीलाई क्रियाशील बनाउनु पर्छ।
ताकि जनताले भनी हामीलाई समस्या पर्दा हामी छन् भन्ने, हामीले हाम्रो पार्टीका नेतालाई विश्वासका साथ समर्थन गर्ने स्थितिमा ल्याउन सकियोस्। पार्टीका नेता तथा कार्यकर्ताहरू जनताको विश्वास जित्न सक्षम हुनुपर्छ। जब विचार र व्यवहारले जनताको मन जित्न सकिँदैन तब पार्टी राष्ट्रिय र अन्य सवालमा कमजोर हुन्छ। कतिपय पार्टीका गलत काम र कार्यशैलीले गर्दा पार्टीमा व्यवस्थापनमा समस्याहरू देखा पर्छन्। हाम्रो ध्यान यता केन्द्रित हुनुपर्छ।
निर्वाचनको योजनाबद्ध तयारी :
योजनाबद्ध तयारीका साथ आगामी निर्वाचनमा पार्टीलाई बहुमतप्राप्त पहिलो शक्तिका रूपमा स्थापित गर्नु पर्दछ। हाम्रा लागि निर्वाचन व्यक्तिगत रूपमा कसले उम्मेदवारी पाउने या नपाउने जस्तो प्राविधिक प्रश्न होइन, समाजवादको आधार निर्माणको अनिवार्य पूर्वशर्त हो। त्यसैले यसलाई व्यक्ति केन्द्रित गरेर सोच्ने, आफूले उम्मेदवारी पाए ठिक नपाए बेठिक भन्दै असहयोग, असमझदारी या अन्तरघात गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्नैपर्छ। तबमात्रै हामी प्रतिष्पर्धामा श्रेष्ठता हासिल गर्न सक्छौं।
पार्टीको शासकीय क्षमता अभिवृद्धि :
परिवर्तित सन्दर्भमा पार्टीको शासकीय क्षमता अभिवृद्धि गर्नु अपरिहार्य भएको छ। आज हामी केन्द्र, तीनवटा प्रदेश र २०६ पालिकामा सरकारको नेतृत्व गरिरहेका छौँ। अन्यत्र पनि हाम्रो प्रभावशाली उपस्थिति छ। ती ठाउँहरूमा शासकीय क्षमता अभिवृद्धि गर्न एवं समृद्धि र सुशासनको कुशल नेतृत्व गर्न सक्नैपर्छ। तर अझै पनि कतिपय ठाउँमा हाम्रो पङ्क्तिमा राज्य सञ्चालनको सही समझ, नेतृत्व क्षमता र कुशलताको अभाव देखिन्छ। पार्टीले नेतृत्व गरेका निकायहरू पनि अरुको जस्तै औसत मात्रै देखिन मिल्दैन, ती उत्कृष्ट बन्नैपर्छ। त्यसैले पार्टीको शासकीय क्षमताका लागि वैचारिक र व्यवहारिक दुबै प्रयाशलाई सघन बनाउनु पर्छ।
हामीले जसरी समुन्नत लोकतन्त्रका रूपमा जनताको बहुदलीय जनवादको सिद्धान्त विकास गरेका छौं, त्यसरी नै, त्यससँग अनुकूल हुने गरी पार्टी जीवनको लोकतान्त्रिकरणको पनि अगुवाइ गर्दै आएका छौं। आफैभित्र लोकतान्त्रिक आचरण नहुने पार्टीले समाजमा पनि लोकतन्त्रको अगुवाइ गर्न सक्दैन भन्ने हाम्रो स्पष्ट मान्यता छ ।
पार्टीको लोकतान्त्रिकरणको सार हो- पार्टीका सिद्धान्त, विचार र नीति निर्माणमा पार्टी पङ्क्तिको व्यापक सहभागिता, एकैजना व्यक्तिमा सम्पूर्ण अधिकार केन्द्रित गर्ने ‘महासचिवीय’ ढाँचाको ठाउँमा बहुपद सहितको सामूहिक नेतृत्व, पदाधिकारीहरू सिधै महाधिवेशनप्रति उत्तरदायी हुने निर्वाचन प्रणाली, पार्टी कामको आवधिक मूल्यांकनका लागि महाधिवेशन/अधिवेशन प्रतिनिधि परिषद्को व्यवस्था, पार्टीका नोमिनेशनमा गरिने समावेशीकरण तथा बिफलहरूबाट पनि पूर्णशोध हुने प्रावधान, पार्टीमा नयाँ पुस्ताको योजनावद्धिकरण, प्रदेश र नेतृत्व विकास, पार्टीमा समावेशिता आदि। नेकपा (एमाले) ले यी विषयहरूमा मुलुकका अन्य पार्टीलाई समेत प्रभावित गर्दै आएको छ।
पार्टी जीवनको लोकतान्त्रिकरण भनेको पार्टीको लक्ष्यसँगै अविभावज्य ढङ्गले जोडिएको विषय हो। त्यसबाट बाहिरिएको या त्यसलाई सीधा नबुझाउने खालको लोकतान्त्रीकरणको उपदेयता छैन। लोकतन्त्र र अनुशासन अन्तर्सम्बन्धित हुन्, निषेधकारी होइनन्। बहस र निर्णय कार्यन्वयन परिपूरक विषय हुन्, अन्तर्विरोधी होइनन्। मुल नेतृत्व र पदाधिकारीहरू एउटा दिन हुन्, स्थयन्त्र र स्वायत्त उपुत्पन्न होइनन्। युवा पुस्ताको निरन्तर विकास र पुराना पुस्ताको आदिकादिन मार्गदर्शन एकआपसमा जोडिएका विषय हुन्, विभाजनकारी होइनन्।
त्यसैले यसलाई सम्झौतामा हेर्नुपर्छ। हाम्रा सबै उपशाखाहरू पार्टीलाई एकताबद्ध बनाउन, जनतामा पार्टीको प्रतिछालायी मात्रै उठाउन र हाम्रो गन्तव्यमा पुग्न सघाउने खालको हुनुपर्छ। जीवनभर जनताको बहुदलीय जनवादको आलोचना गर्ने, लोकतान्त्रीकरणका प्रशान्तिले खुसिङ्गिरे गर्ने र घातक पर्दा छनोटपूर्ण विषय उठाउने (सेलेक्टिभ ढङ्गले) बहस गर्नु उचित छैन। कुनै पनि विषय अपरिहार्य, निविछ्यय या हस्तरतापूर्ण नहुने छैन। तर परिस्थिति, सन्दर्भ, आन्दोलनको आवश्यकता र समय आयामलाई हेरेर यसको निरूपण गरिनुपर्छ।
प्रतिक्रिया