एमालेको परराष्ट्र नीति : सबैसँग मित्रता, कसैसँग शत्रुता छैन « Khabarhub

एमालेको परराष्ट्र नीति : सबैसँग मित्रता, कसैसँग शत्रुता छैन


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गोदावरी ललितपुर– नेकपा (एमाले)ले ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’ भन्ने मान्यतासहित परराष्ट्र नीतिलाई सात बुँदामा विश्लेषण गरेको छ ।

स्वतन्त्र परराष्ट्र नीति र सन्तुलित वाह्य सम्बन्ध, सबैसँग मित्रता, कसैसँग छैन शत्रुता, व्यापक सहयोग र साझेदारी, सार्थक क्षेत्रीय सहयोगः परिणाममुखी बहुपक्षीयता, स्वतन्त्रता र अहस्तक्षेपको सुनिश्चिता, न्यायपूर्ण समतामूलक विश्वव्यापी व्यवस्था र मनावतको हतिमा आधुनिक प्रविधिको प्रयोग, नवीन दृष्टिकोण रहेका छन् ।

‘विचारधारात्मक वा रणनीतिक आधारमा राष्ट्रबीचको ध्रुवीकरण र विभाजनका बाहना हुनुहुँदैन । हामी के ठान्छौं भने विश्व राजनीतिमा बहुलवाद सुनिश्चित गरिनुपर्छ । कुनै पनि देशले आफ्नो विचारधारा, विकास मोडालिटी वा रणनीति अरुमाथि लाद्ने प्रयास गर्नुहुँदैन । र, सबैभन्दा महत्वपूर्ण कुरा, हाम्रो संस्कृति, सभ्यता र पहिचान साथै अविकसित र विकासशील देशहरूसँग ऐक्यबद्धताको भावना केन्द्रमा रहनुपर्छ’, परराष्ट्र नीति खण्डमा उल्लेख गरिएको छ ।

राष्ट्रहरू जमिनको आकार, जनसंख्या वा आर्थिक शक्तिको आकारमा फरक हुन सकछन्, तर सबैको सार्वभौमिकता र राष्ट्रिय सम्मान समान रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ– ‘हामी विवादहरूको शान्तिपूर्ण समाधानको दृष्टिकोणमा छौं । श्रमिक वर्गको विशाल बहुमतको पक्षमा विश्व व्यवस्थालाई पुनः आकार दिन चाहन्छौँ ।’

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ३ : ४१ बजे

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा