इन्डेक्स एक्सचेन्जबाट नेपाल पैसा पठाउँदा नगद र कार उपहार जित्ने योजना « Khabarhub

इन्डेक्स एक्सचेन्जबाट नेपाल पैसा पठाउँदा नगद र कार उपहार जित्ने योजना


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इन्डेक्स एक्सचेन्ज यूएईले नेपालमा पैसा पठाउँदा विशेष उपहार योजना लिएर आएको छ ।

अघिल्ला वर्षमाझैँ यो वर्ष पनि इन्डेक्स एक्सचेन्ज यूएईले ‘विन अ मिलियन’ चौथो संस्करण अन्तर्गत दशैँ र तिहारको अवसरमा विशेष उपहार योजना ल्याएको हो ।

जसअन्तर्गत नेपालमा रहेका आफन्त एवम् परिवारहरुलाई यूएई भरका इन्डेक्स एक्सचेन्जको आफ्ना जुनसुकै शाखाबाट पैसा पठाउँदा लक्की ड्रमार्फत् १० लाख नेपाली रुपैयाँ उपहार दिइनेछ । यसका साथै नयाँ एसयुभी कार जित्ने अवसर पनि नेपालीले प्राप्त गर्ने छन् ।

नेपाल जाने हवाई टिकट पनि जित्ने अवसर कम्पनीले ल्याएको छ । यसपालीको दशैँ–तिहारलाई अझै विशेष बनाउने उद्देश्यसहित कम्पनीले यो अभियान आगामी अगस्ट ३१ तारिख २०२५ सम्म मान्य रहने गरि थालेको हो।

यूएईमा रहेका हजारौं नेपाली कामदारहरूले दशैँ र तिहार प्रायः घरदेखि टाढै मनाउनुपर्ने बाध्यता, पर्वहरूमा परिवारजनसँग खुसी, भेटघाट र सपना पूरा गर्ने क्षणमा आफ्ना ग्राहकलाई घरको माया दिलाउने उद्देश्यसहित कम्पनीले यस कार्यक्रम ‘विन अ मिलियन’ ल्याएको हो ।

कम्पनीले केही महिनाअघि ‘अब कि बार, हुण्डी पे वार’ नारासहित यूएईको सबै इमिरेट्समा कम्पनीले गैरकानुनी विप्रेषणविरुद्ध घरदैलो कार्यक्रम चलाएको थियो ।

रमदानको अवसर पारेर शान ए रमदानको चौथो संस्करणमार्फत गत वर्ष ‘यस बार, बुल्डोजरको वार’ नारासहित कम्पनीले आफ्ना ग्राहकलाई भाग्य बदल्ने योजना ल्याएको थियो ।

उक्त योजनाबाट धेरै नेपाली श्रमिकहरूले लाभ उठाएका थिए । ‘विन अ मिलियन’ तेस्रो संस्करण अभियानमार्फत सयौं नेपाली कामदारहरूले लाखौं रुपैयाँ नगद र मूल्यवान पुरस्कार जितेका उदारहणहरु प्रसस्तै छन्।

एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत सैयद अब्दुल सलाम भन्छन्, ‘हाम्रा नेपाली ग्राहक हाम्रा लागि सधैँ प्राथमिकतामा रहन्छन्। ‘विन अ मिलियन’मार्फत् हामी उनीहरूको दशैँ–तिहारलाई विशेष बनाउन चाहन्छौँ । नगद पुरस्कार मात्र होइन, उनीहरूको सपना पुरा गर्ने अवसर समेत दिन चाहन्छौं।’

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ६ : ४० बजे

बैतडीमा टोल–टोलमै पुगेर नसर्ने रोगको परीक्षण

बैतडी– जिल्लामा नसर्ने रोगका जोखिम उच्च भएपछि परीक्षणलाई तीव्र बनाउन

पवित्रहाङमा गोल्डकपको उपाधि दारिम्बा पाँचथरलाई

इलाम– इलामको माङसेबुङ गाउँपालिकामा सञ्चालित १६औँ संस्करणको पवित्रहाङमा गोल्डकप महिला

भोजपुरमा राष्ट्रियस्तरको भलिबल प्रशिक्षण केन्द्र सञ्चालनको तयारी

भोजपुर– भोजपुर नगरपालिका–४, दावाँमा अवस्थित कृष्णलक्ष्मी–लक्ष्मी स्पोर्ट्स कम्प्लेक्सलाई भलिबल तथा

कांग्रेसले पार्टीको चुनावी प्रतिज्ञापत्र आज आयोगमा बुझाउने, बुधबार जनकपुरमा सार्वजनिक गर्ने

काठमाडौं– नेपाली कांग्रेसको आज सार्वजनिक गर्ने भनिएको प्रतिज्ञापत्र बुधबारका लागि

उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल