चिठीपछि विद्याको भिडियो सन्देश : विधान महाधिवेशनमा मलाई रोकियो, तपाईंहरू मिलेर अघि बढ्नुस् | Khabarhub Khabarhub

चिठीपछि विद्याको भिडियो सन्देश : विधान महाधिवेशनमा मलाई रोकियो, तपाईंहरू मिलेर अघि बढ्नुस्


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पठाएको पत्र अध्ययन गरेर सुझाव दिन आग्रह गरेकी छन् ।

शुक्रबारबाट ललितपुरको गोदावरीमा सुरू भएको दोश्रो विधान अधिवेशनमा सहभागी हुन वञ्चित गराइएको भन्दै पूर्वराष्ट्रपति भण्डारीले शुभकामान सन्देश दिँदै चिठी अध्ययन गर्न आग्रह गरेकी छन् ।

‘जुन उद्देश्यले यहाँहरू काठमाडौँ आउनुभएको छ, यहाँहरूको कार्य सफल रहोस्। म पनि लामो समयसम्म यहाँहरूसँग सँगसँगै रहेँ। तर, बीचमा पार्टीले मलाई राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनाएर पठाएको हुनाले राष्ट्रिय जिम्मेवारीमा रहेँ,’ उनले भनेकी छन्, ‘त्यतिबेला हाम्रो भेटघाटहरू कम भएको हुनसक्छ। तथापि हाम्रो उद्देश्य एउटै हो। हामी सधैँ सँगै नै छौँ। यहाँहरूलाई मैले प्रत्यक्ष भेटघाट गर्न नपाए पनि मैले भेटेसरह नै मानेको छु।’

एमालेको सचिवालय बैठकले पार्टी सदस्य नरहेको व्यक्ति विधान अधिवेशनमा सहभागी हुन नसक्ने निर्णय गरेको थियो ।

बिहीबार साँझ बसेको सचिवालय बैठकले पार्टीले कसलाई सदस्यता दिने वा नदिने भन्ने विषय केन्द्रिय कमिटीको अधिकारक्षेत्रभित्र पर्ने र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नभएको अवस्थामा विधान अधिवेशनमा एजेण्डा बन्न नसक्ने जनाएको थियो ।

सचिवालय बैठकले अधिवेशनमा जान रोकेपछि भिडियो सन्देश दिँदै भण्डारीले प्रतिनिधिहरूलाई सफलताको शुभकामना दिएकी छन् । एमाले र आफ्नो उद्देश्य एउटै भएकाले सबैले मिलेर समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्नुपर्ने बताएकी छन् ।

विधान महाधिवेशनमा उपस्थित हुने पार्टीका सदस्यहरूको उपयुक्त सुझाव र सल्लाह पाउने आशा पनि उनले व्यक्त गरेकी छन्।

एमालेको काँधमा देश विकास गर्ने ठूलो जिम्मेवारी रहेको र त्यसलाई पूरा गर्न भावनात्मक, सांगठनात्मक रुपमा एकसाथ भएर अघि बढ्न सुझाव दिएकी छन्।
 
‘मैले यहाँहरूलाई हिजोमात्रै पत्रमार्फत आफ्ना विचार राखेको छु। यहाँहरूले अध्ययन गर्नुभएकै होला। यहाँहरूको उपयुक्त सल्लाह, सुझाव पनि अपेक्षा गरेको छु,’ भण्डारीले थप भनेकी छन्, ’नेकपा एमालेको काँधमा देशको ठूलो जिम्मेवारी छ। त्यो पूरा गर्न यहाँहरू भावनात्मक र संगठनात्मक हिसाबले अघि बढ्नुस्। म पनि सधैँ यहाँहरूकै साथमा हुनेछु।’

विधान महाधिवेशनमा उपस्थित हुने पार्टीका सदस्यहरूको उपयुक्त सुझाव र सल्लाह पाउने आशा व्यक्त गरेकी छन् ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ८ : ०१ बजे

आयुर्वेद अस्पतालमा भर्नासहितको सुविधा

गलकोट– यहाँको धौलागिरी आयुर्वेद अस्पताल स्तरोन्नति पश्चात् भर्ना गरेरै बिरामीहरूको

पोखरामा छ लाखसहित २० जुवाडे पक्राउ

कास्की– प्रहरीले पोखराको नयाँजबार, लप्सीबोट र मोहरियाटोलबाट २० जुवाडेलाई पक्राउ

जुम्लामा एकवर्षमा सात हजार बढीले बनाए राष्ट्रिय परिचयपत्र

जुम्ला– जुम्लामा पछिल्लो एक वर्षमा सात हजार ४३० जनाले राष्ट्रिय

विगतको सिकाइ र भोगाइबाट यस वर्षको विपद्मा मिलेको सफलता

काठमाडौं– पूर्वानुमान, सूचना प्रवाह र बुझाइमा एकरूपता कायम गर्न सकेको

सरकारले निर्वाचनको वातावरण बनाए कांग्रेस सहभागी हुन्छ : कार्यवाहक सभापति खड्का

सुर्खेत– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले निर्वाचनको वातावरण