ओमानमाथि नेपाल ६ विकेटले विजयी : आसिफ शेखको अर्धशतक « Khabarhub

ओमानमाथि नेपाल ६ विकेटले विजयी : आसिफ शेखको अर्धशतक


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ओमानविरुद्धको वार्मअप म्याचमा नेपाल ६ विकेटले विजयी भएको छ। आईसीसी टी-२० विश्वकपको छनोटको तयारीमा रहेको नेपालले ओमानसँग वार्मअप म्याच खेलेको हो।

शनिबारको पहिलो वार्मअप म्याचमा ओमानले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य नेपालले १७ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा पूरा गरेको हो।

नेपालको जितमा ओपनर आसिफ शेखले ६१ रनको सानदार अर्धशतकीय इनिङ्स खेले। कप्तान रोहित पौडेलले २५ रन बनाए। कुशल भुर्तेलले ११ रन बनाउँदा कुशल मल्लले १० रन थपे।

सुरुमा ब्याटिङ गरेको ओमानले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय १० रन बनाएको थियो।

ओमानलाई सस्तैमा समेट्न नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले दुई दुई विकेट हात पारे।

विश्वकपको छनोट खेल्न नेपाली टिम ओमान पुगेपछि आर्मअप म्याचमा व्यस्त भएको हो।

विश्वकप छनोटको समूह चरणमा नेपालले कुवेत र जापानसँग खेल्नेछ। समूह चरणको शीर्ष स्थानको टिम सुपर सिक्समा छनोट हुनेछ।

सुपर सिक्सको शीर्ष तीन टिमले अर्को वर्ष हुने टी ट्वान्टी विश्वकपमा स्थान बनाउनेछन्।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ५ : ५० बजे

आठ वर्षमा दुई सय चार किमी सडक कालोपत्र

पर्वत– बितेका आठ वर्षमा जिल्लामा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र

नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न युवा

काठमाडौंमा इएफएस फाइट नाइट सेभेन आयोजना हुने

काठमाडौं– डब्लुबीसी मोइ थाई नेपालको आयोजनामा काठमाडौंमा इएफएस फाइट नाइट सेभेन

कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौंको आकाश धुम्म (तस्बिरहरू)

काठमाडौं– नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको हुनाले काठमाडौं उपत्यका