सप्तकोशी नदीमा पानीको बहाव उच्च, कोशी ब्यारेजका ५० ढोका खोलिए « Khabarhub

सप्तकोशी नदीमा पानीको बहाव उच्च, कोशी ब्यारेजका ५० ढोका खोलिए


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

सुनसरी– अविरल वर्षातका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५०  ढोका खोलिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड ३ लाख ३५ हजार पुगेपछि ब्यारेजका ५६ मध्ये ५० ढोका खोलिएको जानकारी दिए ।

उनका अनुसार आज बिहान सवा ८ बजे सो नदीको जल बहाव मापन गरिएको थियो । आज बिहान ७ बजे सो नदीको जल बहाव मापन गर्दा दुई लाख ७१ हजार ३१० क्युसेक पुगेपछि ३९ ढोका खोलिएको थियो  ।

शनिबार बेलुका ८ बजे पानीको प्रवाह मापन गर्दा एक लाख ९३ हजार ६० प्रतिसेकेण्ड पाइएपछि १५ ढोका खोलिएको थियो ।

गत भदौ १७ गते नदीमा पानीको बहाव उच्च हुँदै जाँदा कोशी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो । यसपछि लगातार पानीको बहाव घटेको थियो । शुक्रबार र शनिबार लगातार वर्षा भइरहेको कारण आज बिहानदेखि सप्तकोशीमा पानीको बहाव बढ्दै गएको प्रवक्ता खतिवडाले जानकारी दिए ।

कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ । सोहीअनुसार अहिले कोशी ब्यारेजमा तीन रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ । 

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ९ : ३४ बजे

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्